प्रदेश प्रहरी प्रमुख बज्राचार्य रामेछापमा : निर्वाचनलाई सफल पार्न कुनै कसर बाँकी नराख्न निर्देशन

| कात्तिक २६, २०७९ शनिबार

A A A
A A A

२६ कात्तिक, रामेछाप । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले निर्वाचनलाई सफल पार्न कुनै कसर बाँकी नराख्न रामेछाप प्रहरी र मातहतका निकायलाई निर्देशन दिएका छन् । 

 

 

निर्वाचन सुरक्षा तथा निरीक्षण भ्रमणको क्रममा जिल्ला आएका प्रहरी महानिरीक्षक बज्राचार्यले जिल्ला प्रहरी कार्यालयको निरीक्षण तथा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारी र म्यादी प्रहरीहरूलाई आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सुरक्षा व्यवस्था चुस्त पार्न निर्देश दिएका हुन् । 

 

 

उनले निर्वाचनलाई ध्यानमा राखेर तीन तहको सुरक्षा योजनाको बारेमा प्रस्ट्याएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी राजु प्रसाद ढकालले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

उनले भने ‘उहाँबाट मतदान पूर्व, मतदानको बेला र मतदान पश्चात् प्रहरीले गर्नु पर्ने काम, आचारसंहिताको पालना, मतदानलाई सफल पार्न के–के गर्नु पर्ने भन्ने विषयमा निर्देशन भयो ।’

 

महानिरीक्षक बज्राचार्यले जिल्लामा निर्वाचन लक्षित सुरक्षा योजना, जिल्लाको तत्कालीन अवस्था, प्रहरी, म्यादी प्रहरी अन्य सुरक्षा योजनाको बारेमा चासो सहित जानकारी लिएका छन् ।

 

 

साथै उनले प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मी सहितको जिल्ला शान्ति सुरक्षा समितिको बैठकमा समेत भाग लिएर सुरक्षा योजनाको बारेमा आवश्यक जानकारी लिएका थिए । 

 

 

उनले सो बैठकमा पनि निर्वाचनमा प्रहरी र सम्बन्धित निकायको भूमिकाको बारेमा उल्लेख गर्दै आचारसंहिता भित्र रहेर निर्वाचनलाई शान्ति पूर्ण, भयसहित वातावरणमा सफल पार्नु पर्नेमा जोड् दिए । 

 

तस्बिरहरु हेर्नुहोस्

 

तस्बिर स्रोत जिल्ला प्रहरी कार्यालय फेस्बुक पेज ।