एमालेको पकड् क्षेत्र खाँडादेवीमा गठबन्धनका उम्मेदवारलाई १०१ केजीको माला : एमाले त्याग्दै ४ दर्जन बढी काँग्रेसमा प्रवेश

| कात्तिक २७, २०७९ आइतबार

A A A
A A A

२७ कात्तिक, रामेछाप । रामेछापमा गठबन्धनका उम्मेदवारलाई लामो र ठुलो मालाले स्वागत गर्नेमा दैनिक नयाँ रेकर्ड बन्न थालेको छ । 

 

विशेष गरी जिल्लाको क्षेत्र नं २ (ख) मा कार्यक्रम तथा मतदाता भेटघाट कार्यक्रममा गठबन्धनका उम्मेदवार प्रतिनिधि सभाका पूर्णबहादुर तामाङ (कान्छाराम) र प्रदेश सभाका सदस्य उम्मेदवार युवराज चौलागाईलाई, चौलागाईको गृह पालिका सुनापति, दोरम्बा शैलुङ् र खाँडादेवी गाउँपालिकाका विभिन्न वडामा भएका कार्यक्रममा दैनिक जोस ५० केजी भन्दा माथिका फूलका मालाले स्वागत गर्ने गरेका हुन् ।

 

गठबन्धनको कार्यक्रममा स्थानीयको उपस्थिति पनि अन्य पार्टीहरूको कार्यक्रम तथा मतदाता भेटघाटमा बाक्लो देखिन्छ ।

 

यसैबिच आइतबार आज नेकपा (एमाले) ले गत स्थानीय तहमा काँग्रेस र माओवादीले १–१ वटा, वडा मात्रै जितेको खाँडादेवीमा पनि १०१ केजीको फूलको मालाले स्वागत गरेका छन् । 

 

 

एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार रहेका कैलाश ढुङ्गेलको पालिका खाँडादेवीको पकरबासमा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार (कान्छाराम) र प्रदेश सभा सदस्यका उम्मेदवार चौलागाईलाई १०१ केजीको फूलको मालाले स्वागत गरेको कार्यक्रम स्थलबाट पत्रकार रामचन्द्र बिकले जानकारी दिए । केही दिन अगाडि पनि सोही पालिकाको वडा नं १ राकाथुममा स्थानीयले भव्य स्वागत गरेका थिए ।

 

 

गठबन्धनका उम्मेदवारलाई दोरम्बाको गुन्सालमा, सुनापति गाउँपालिकाको दिमीपोखरी, बेथान लगायतका स्थानीय ठाउँमा ५० केजी भन्दा माथिका मालाले स्वागत गरेका थिए । 

 

 

त्यति मात्रै नभएर कैलाश ढुङ्गेलका २०७४ का मतदाता समेत नेपाली काँग्रेसको साथमा आइतबार ४ दर्जन बढी आएको नेपाली काँग्रेस रामेछापले जनाएको छ । यसरी निर्वाचनको मुखैमा मतदाता फेरिनुले निर्वाचनमा ठुलो फेरबदल ल्याउन सक्ने आङ्कलन गठबन्धनको छ ।  

 

नेकपा एमाले लगायतका अन्य पार्टीहरू पनि गाउँ गाउँमा मतदाता भेटघाटमा रहेका छन् । तर, उनीहरूलाई सार्वजनिक रूपमा यसरी ठुला मालाले स्वागत गरेको पाइएको छैन । यद्दपयी यो क्षेत्रमा नेकपा एमाले केही दिनदेखि मात्रै मतदाता भेटघाटमा छ । आज आइतबार एमालेले दोरम्बामा कार्यक्रम गरेको छ । 

 

गठबन्धन र एमाले पार्टीबिच चर्को प्रतिस्पर्धा देखिएको रामेछापको चुनाव रोचक बन्दै गएको छ । एमालेलाई गठबन्धनले हराउन नसक्ने दाबी गरिरहेको एमाले आफ्नो पार्टीले चुनाव जित्नेमा आशा बादी देखिन्छ भने । गठबन्धन ढुक्क रहेको प्रतिक्रिया दिन्छ । 

 

यता प्रतिनिधि सभा र प्रदेश सभा २ को ‘ख’ बाहेक ‘क’ मा चुनावी प्रचारमा व्यस्त एकिकृत समाजवादी पार्टी पनि चुनाव आफ्नो पक्षमा पर्नेमा विश्वस्त छ । 

 

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी पनि चुनावी दौडाहामा छन् । तर, नागरिकको मन जित्ने गरी स्वतन्त्रले माहौल बनाउन नसकेको विश्लेषकहरूको आङ्कलन छ । 

 

तस्बिरहरु हेर्नुहोस् गठबन्धनका उम्मेद्वारलाई पकरबासमा गरिएको स्वागत । 

तस्बिर स्रोत रामचन्द्र बिक ।