भोलि देखि उमाकुण्ड गाउँपालिकामा अत्यावश्यक बाहेकका अन्य सेवा बन्द

| कात्तिक २९, २०७९ मंगलबार

फाइल फोटो
A A A
A A A

२९ कात्तिक, रामेछाप । उमाकुण्ड गाउँपालिकाले अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गर्ने भएको छ । 

 

आसन्न मंसिर ४ गते हुने लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागी गाउँपालिकामा कार्यरत कर्मचारीहरूलाई खटाइएकाले कर्मचारीहरू मतदान केन्द्रमा खटिने भएकाले भोलि बुधवार कात्तिक ३० गतेदेखि मंसिर ३ गते शनिवार सम्म पालिकाको कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गर्ने निर्णय भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलकृष्ण श्रेष्ठले आज मंगलबार एक सूचना जारी गर्दै जानकारी दिएका हुन् । 

 

 

त्यस्तै मंंसिर २ गते देखि ५ गते सम्म शिक्षण संस्था र मंसिर ४ र ५ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा सार्वजनिक बिदा दिने नेपाल सरकारबाट निर्णय भएको पनि पालिकाले उल्लेख गरेको छ । 

 

सूचना हेर्नुहोस् ।