रामेछाप नगरपालिकाले हिजैदेखि मंसिर ५ गते सम्म अत्यावश्यक बाहेकका सेवा बन्द गर्यो

| कात्तिक २९, २०७९ मंगलबार

फाइल फोटो
A A A
A A A

२९ कात्तिक, रामेछाप । रामेछाप नगरपालिकाले पनि निर्वाचनले सेवा प्रभावित हुने भन्दै हिजैदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । अन्य स्थानीय तहहरुले भन्दा रामेछाप नगरपालिकाले भने एक दुई दिन अगाडिनै सेवामा कटौती गरेको हो । 

 

 

आसन्न मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा नगरपालिकामा कार्यरत कर्मचारीहरू विभिन्न मतदान केन्द्रमा खटाइएकाले आज मंगलबार कात्तिक २८ गते देखि मंसिर ५ गते सम्म अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरू प्रभावित हुने जनाएको हो । 

 

 

प्रमुख प्रशासकीय अधिकृत नीरज पौडेलले हिजो सोमबार एक सूचना जारी गर्दै सो जानकारी दिएका हुन् । यस अगाडि जिल्लाकै उमाकुण्ड गाउँपालिकाले पनि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने जनाइ सकेको छ । उमाकुण्ड गाउँपालिकाले भोली देखि बिदा दिएको जनाएको छ । 

 

सूचना हेर्नुहोस् ।