जिल्ला प्रशासन कार्यालय रामेछापको अत्यावश्यक बाहेकका सेवा मंसिर ५ गते सम्म बन्द

| कात्तिक २९, २०७९ मंगलबार

फाइल फोटो
A A A
A A A

२९ कात्तिक, रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले निर्वाचन तयारी, शान्ति सुरक्षा, विपद् एवं मुद्दासँग सम्बन्धित अत्यावश्यक सेवाहरु बाहेक अन्य सेवाहरु बन्द गरेको छ । 

 

आसन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा यस कार्यालयका अधिकांश कर्मचारीहरु खटिएकाले भोली बुधबार देखि आउँदो मंसिर ५ गते अर्थात मतदानको भोली पल्ट सम्म बन्द गर्ने जिल्ला प्रशासन कार्यालय रामेछापले मंगलबार आज जानकारी दिएको छ ।

 

 
एक सूचना जारी गर्दै प्रशासनले सो जानकारी दिएको हो । मतदान मंसिर ४ गते हुँदै छ । 
 

 

सूचना हेर्नुहोस्।