राष्ट्रिय स्वतन्त्र पार्टीका पालिका सचिव र वडा अध्यक्ष कांग्रेस फर्किए

| मंसिर ३, २०७९ शनिबार

A A A
A A A

३ मंसिर, रामेछाप । नेपाली कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी गएकाहरु चुनावकाे मुखैमा कांग्रेस फर्किएका छन् । 


जिल्लाकाे गाेकुलगंगा गाउँपालिकाका युवाहरु शनिबार नेपाली कांग्रेस फर्किएकाे नेविसंघका नेता धिरज खत्रीले जानकारी दिए । उनीहरु पहिले कांग्रेसनै थिए । 

 

जसमा राष्ट्रिय स्वतन्त्र पार्टी पालिका सचिव सुजन खड्का (श्याम), राष्ट्रिय स्वतन्त्र पार्टी गोकुलगङ्गा गाउपालिका वडा नम्बर ४ बेताली अध्यक्ष वेतबहादुर सुनुवार (केदार) र  मनिष बस्नेत रहेको खत्रीले जानकारी दिए ।