यस्तो छ, ‘कान्छाराम’ र ‘बिगुल’को अग्रता सहित रामेछापको मत परिणाम (सूचीसहित)

| मंसिर ६, २०७९ मंगलबार

A A A
A A A

६ मंसिर, रामेछाप । रामेछापमा हाल प्रतिनिधि सभा र प्रदेश सभा ‘क’ तर्फको मतगणना भैरहेको छ । प्रदेश र प्रतिनिधि सभा दुबैमा गठबन्धनका उम्मेद्वारले अग्रता लिएका छन् । 

 

हालसम्मको मत परिणाम हेर्दा प्रतिनिधिसभा प्रत्यक्ष तर्फ नेपाली काँग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) ले १७ सय २४ मत सहित अग्रता लिरहेका छन् । 

 

 

त्यस्तै एमालेका कैलाश प्रसाद ढुङ्गेलले ११ सय ८१ पाएका छन् । उनी दोस्रो हुँदै तामाङ्लाई पछ्याइ हरेका छन् । 

 


त्यस्तै राप्रकाका लालबहादुर घिसिङ २१२ मत पाएका छन् । त्यस्तै कलमले १५ मत पाएको छ । हाल कुँबुँकास्थलीको मत गठणना सकिएको छ । 


यसैबीच प्रदेशसभा क्षेत्र नं १ मा ३५ सय ३८ मत गणना हुँदा माओवादी केन्द्र तारानारायण श्रेष्ठ ‘बिगुल’ले ११८३  मत  सहित अग्रता लिरहेका छन्। उनी गठबन्धनका साझा उम्मेद्वार हुन् । 

 

उनका निकटतम प्रतिद्वन्दी एमालेका शान्तिप्रसाद् पौडेलले एक हजार ५० मत पाएका छन् । 

 

 

त्यस्तै राप्रपाका हिक्मत सुनुवारले ८६३ मत सहित पछ्याइ रहेका छन् । भने कलम चौथौ बन्दै १७३ मत पाएको छ ।