बेतालीको गणना सकिँदा पौडेल श्रेष्ठ भन्दा ४११ मतले अगाडि
७ मंसिर, रामेछाप । प्रदेश सभा तर्फ एमालेका शान्ति प्रसाद पौडेलले मत अग्रता फराकिलो बनाएका छन् ।
गठबन्धन तर्फका माओवादीका उम्मेदवार तारानारायण श्रेष्ठको सुरुवाती अग्रतालाई पछि पार्दै पौडेलले ४११ मतले अग्रता लिएका हुन् ।
पौडेलले हालसम्म ५ हजार ४ सय ८ मत पाउँदा श्रेष्ठले ४ हजार ९ सय ९७ मत पाएका छन् ।
उमाकुण्ड गाउँपालिका र गोकुलगंगा गाउँपालिकाको वडा नं १ र २ सम्म अग्रता लिएका श्रेष्ठलाई पौडेलले गोकुलगंगाको वडा नं ३ र ४ सकिँदा पछि परेका हुन् ।
गोकुलगंगा पौडेलको गृह पालिका समेत हो ।
त्यस्तै राप्रपाका उम्मेद्वारले एक हजार ९ सय १५ मत पाएका छन । उनी तेस्रो बनेर पछ्या उदैछन् ।
हाल सम्म १३ हजार ७९४ मत गणना सकिएको छ । ५६६ मत बदर भएको छ । भने, १३ हजार २ सय २८ मत सदर भएको छ ।
मत परिणाम हेर्नुहोस्