दुई पालिकाको गणना सकिँदा ‘कान्छाराम’ ले बनाए करिब २ हजारको अग्रता

| मंसिर ७, २०७९ बुधबार

फाइल फोटो
A A A
A A A

७ मंसिर, रामेछाप । दुई पालिकाको मत गणना सकिँदा रामेछापमा प्रतिनिधि सभा तर्फ पूर्णबहादुर तामाङ ‘कान्छाराम’ ले मत अग्रता २ हजार नजिक पुर्‍याएका छन् । तामाङले अहिले सम्म १९ सय ५९ मतले अग्रता बनाएका  हुन् । 

 

 

हाल सम्मको ताजा मत परिणाम अनुसार कान्छारामले ८ हजार १२२ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कैलाश प्रसाद ढुङ्गेलले ६ हजार १६३ मत पाएका छन् । 

 

 

तामाङले सुरुवाती देखि निरन्तर अग्रता बनाइ रहेका छन् । 

 

 

त्यस्तै राप्रपाका लालसिंह घिसिङले ५ सय ५१ मत पाउँदै तेस्रो बनेर पछ्याइरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी घण्टीले २८२ मत पाएको छ । 

 

त्यस्तै दुई पालिकाको मत गणना सकिँदा हँसिया ताराले १३१ मत  पाएको छ । 

 

मत परिणाम हेर्नुहोस् ।