कैलाश ढुङ्गेल भन्दा ‘कान्छाराम’ प्रदेश सभा ‘क’ मा ८ हजार २५६ मतले अगाडि, कुन पार्टीले कति मत पाए (मतपरिणामसहित)
९ मंसिर, रामेछाप । प्रतिनिधिसभा सदस्य तर्फ रामेछापमा नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ्ले मतान्तर करिब ८ हजार कटाएका छन् ।
रामेछाप नगरपालिकाको वडा नं ९ सम्मको गणनामा तामाङ्ले ८ हजार २ सय ५६ मतले अग्रता बनाएका हुन् । ‘कान्छाराम’ले हालसम्म २२ हजार १ सय ३९ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कैलाश ढुङ्गेलले १३ हजार ८ सय ८४ मत पाएका छन् ।
सुरुवाती देखि निरन्तर अग्रता लिएका तामाङले प्रदेश सभा ‘क’ तर्फ उल्लेखनिए मत पाएका हुन् । त्यस्तै राप्रपाले हालसम्म ९७१ मत पाएको छ । उसले हजार मत कटाउन सकेको छैन् ।
त्यस्तै घण्टीले ६७४ मत पाउँदा गोरुगाडाको चक्काले १५० मत पाएको छ ।
त्यस्तै करुवाले १७३, खुकुराको भालेले २१९, हंसिया ताराले ४११, मलमले २०८ मत पाएको छ । अब प्रदेश सभा ‘ख’ को गणना सुरु हुन लागेको छ। क को सम्पन्न हुँदा कान्छाराम भारी मतले अग्रता बनाएका हुन् ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत रामेछापमा प्रदेशसभा सदस्यका लागि ८७ हजार ४९७ मत खसेको छ । जस अन्तर्गत प्रदेश ‘क’ मा ३६ हजार ७६९ र प्रदेश सभा ‘ख’ मा ५० हजार ७२८ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कुन पार्टीले कति मत पाए हेर्नुहोस्