दोलखा र सिन्धुलीमा पिसिआर परिक्षण सहितको अस्पताल संचालनमा : रामेछापमा तयारी पनि छैन

| बैशाख २२, २०७८ बुधबार

फाइल फोटो
A A A
A A A

२२ वैशाख, रामेछाप । छिमेकी जिल्ला दोलखाको सदरमुकाम चरिकोटस्थित् चरिकोट अस्पतालमा पिसिआर प्रयोगशाला सञ्चालनमा आएको छ । बुधबार (आज) जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे र भीमेश्वर नगरपालिकाका नगर प्रमुख भरत बहादुर केसीले संयुक्त रुपमा पिसिआर मेसिनको उद्घाटन गरेका हुन् । 

 


पिसिआर मेसिन सञ्चालनमा आएसंगै त्यहाँ एकै पटक सय जनाको कोरोना परिक्षण गर्न सकिने बताइएको छ । उत्घाटन कार्यक्रम चरिकोट अस्पतालका प्रमुख डा. विनोद दंगालले दिएको जानकारी अनुसार प्रत्येक ३ घण्टामा रिर्पोट थाहा पाउन सकिने छ । 

 


पिसिआर मेसिन संचालनमा ल्याउनको लागि दोलखाबाट प्रत्यक्ष निर्वाचित सांसदहरु पार्वत गुरुङ, पशुपति चौलगाई र विशाल खड्काले सांसद कोषबाट ५०⁄ ५० लाख रुपैयाँ उपलब्ध गराएका थिए । 


उता सिन्धुली अस्पतालमा पहिलो चरणको कोरोना महामरीकैबीच पिसिआर मेसिन संचालनमा आइसेको छ । तर छिमेकी जिल्लाहरु दोलखा र सिन्धुलीमा पिसिआर मेसिन संचालनमा आएपनि रामेछापमा हालसम्म पनि त्यसको लागि कुनै तयारी गर्न गरिएको छैन् ।

 

स्थानीय तहहरुले कोरोना परिक्षण गर्नको लागि जिल्लामै अस्पतालहरु, मेसिनहरु ल्याउनको लागि तत्परता नदेखाउदा अहिले पनि स्वाब संकलन गरेर धुलिखेल अस्पताल,सिन्धुली अस्पतला, टेकु अस्पताल पठाइदै आइएको छ ।

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार