दोरम्बा शैलुङको मत गणना सकिँदा ढुङगेल भन्दा ‘कान्छाराम’ ८८५१ मतले अगाडि, ‘कान्छाराम’ जित नजिक

| मंसिर १०, २०७९ शनिबार

A A A
A A A

१० मंसिर, रामेछाप । प्रतिनिधिसभा तर्फ रामेछापमा सुनापति बाहेक सबैको मत गणना सकिएको छ । 

 

केही बेर अगाडि दोरम्बा शैलुङ् गाउँपालिकाको मत गणना सकिएसँगै अब गणना गर्न सुनापति गाउँपालिका र मन्थली नगरपालिकाका केही वडाहरु रहेका छन् । हाल सम्मको परिणाम अनुसार कान्छाराम जित नजिक पुगेका छन् । 

 

 

सुरुवात देखि अग्रता लिएका उनले हालसम्म पनि नेपाली काँग्रेसका सभापति समेत रहेका उम्मेदवार पूर्णबहादुर तामाङ ‘कान्छाराम’ले मत अग्रता कायम राखेका छन् । 

 

 

जसअनुसार एमालेका कैलाश ढुङगेल भन्दा कान्छाराम ८ हजार ८५१ मतले अगाडि छन् । 

 

 

हालसम्म ढुङ्गेलले २३ हजार ५९३ मत पाउँदा कान्छारामले ३२ हजार ४४४ मत पाएका छन् । 

 

 

तेस्रो मत राप्रपाका लालसिं घिसिङले पाएका छन् । उनले हालसम्म १ हजार १५१ मत पाएका छन् । 

 

 

दोरम्बा शैलुङ् सम्म गणना सकिँदा ६३ हजार ८६० मत गणना गरिएको छ । जसमा ३५ सय ३३ मत बदर भएको छ । 

 

 

 

सुनापति गाउँपालिकामा ९ हजार ८०२ मत खसेको छ ।

 

हाल सम्मको मत परिणाम हेर्नुहोस् ।