खिम्ती दुर्घट्ना अपडेट् : फरार चालक पक्राउ

| बैशाख २२, २०७८ बुधबार

संकेतिक फोटो
A A A
A A A

२२ वैशाख, रामेछाप । गस्तिमा खटिएका प्रहरीको मोटरसाइकललाई ठक्कर दिएर फरार हुने चालक पक्राउ परेका छन् । 

 

पक्राउ पर्नेमा ना ६ त २७७२ नम्बरका ट्याक्टर चालक अन्दाजी २३ वर्षीय राज खड्का रहेको जिल्ला प्रहरी कार्यालय रामेछाले जानकारी दिएको छ । 


उनलाई बुधबार दिउसो २ ०० बजे दोलखाको तामाकोसी गाउँपालिका वडा नं ५ बाट पक्राउ गरिएको रामेछाप प्रहरी प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए ।  

 


खड्काले चलाएको ट्याक्टरले हिजो मंगलबार रामेछापको लिखु तामाकोसी गाउँपालिका वडा नं ६ खिम्ती बजार स्थित प्रहरी चौकी खिम्तीबाट गस्तिमा खटिएका प्रहरी नायाव निरीक्षक ३६ वर्षीय जोखन बैठा सवार मोटरसाइकललाई ठक्कर दिएका थिए । 

यो पनि पढ्नुहोस्
खिम्ती दुर्घट्ना अपडेट : ट्याक्टरले ठक्कर दिएका प्रहरी हवल्दारको मृत्यु, ट्याक्टर चालक अझै बेपत्ता
खिम्तीमा ट्याक्टरले प्रहरीकाे माेटरसाइकललाई ठक्कर दियाे : प्रहरी हवल्दारसहित २ गम्भीर घाइते, ट्याक्टर चालक फरार
 


गोकुलगंगा गाउँपालिकाको नामाडीबाट मन्थली तर्फ आउदै गरेको ट्याक्टरले ठक्कर दिदा दुई प्रहरी गम्भीर घाइते भएका थिए । 

 


उनीहरु दुवैको उद्धरा गरि मन्थली स्थित तामाकोसी अस्पतालमा उपचारसम्भव नभएपछि नेपाल प्रहरी अस्पताल रेफर गरिएको थियो । तर अस्पताल पुर्याउन साथ सरदारलाई डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । भने अर्का घाइते जोखन बैठाको सोही अस्पतामा उपचार भईरहेको छ ।

पक्राउ परेका चालक खड्कामाथि अनुसन्धान जारी रहेको प्रहरीले भनेको छ ।