निर्वाचित भएपछि ‘कान्छाराम’ हेलिकप्टर मार्फत लागे काठमाडौँ

| मंसिर १४, २०७९ बुधबार

तस्विर स्रोत उपेन्द्र कार्की ।
A A A
A A A

१४ मंसिर, रामेछाप । रामेछापबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली काँग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’ हेलिकप्टर मार्फत काठमाडौँ गएका छन् । यद्दयपी कान्छाराम हेलिकप्टर मार्फत काठमाडौं आउने जाने गरेको यो पहिलो पटक भने हैन । उनी यसअगाडि पनि पटक-पटक हेलिकप्टर मार्फत ओहोर दोहोर गरेका थिए । 

 

 

आज बुधवार दिउँसो करिब ३ बजेको समयमा सांसद तामाङ अन्नपूर्ण हेलिकप्टर मार्फत काठमाडौँ प्रस्थान गरेका हुन् । उनलाई पार्टीका नेता कार्यकर्ताहरूले मन्थली एर्पोट्मा बिदाइ गरे । 

 

आफ्नो पार्टी र नेकपा माओवादी केन्द्रसँगको तालमेल गरी किल्न स्विपनै गरेका तामाङ निर्वाचनलाई आफ्नो पक्षमा परी काठमाडौँ लागेका हुन् । 

 

 

निर्वाचित भएको प्रमाणपत्र बुझेर, विशाल विजयी सभा गरेका गठबन्धनका नेता तामाङले केही दिनपछि ६४ वटै वडामा पुगेर मतदातालाई धन्यवाद दिने कार्यक्रम रहने बताएका छन् ।  

बागमती प्रदेशका पूर्व मन्त्री एवं एमालेका केन्द्रीय सदस्य कैलाश ढुङ्गेललाई फराकिलो मतान्तरले पराजित गरेका ‘कान्छाराम’ पार्टीमा प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवा निकट हुन् । 

 

 

साथै निजी क्षेत्रको लगानीमा सञ्चालित अन्नपूर्ण हेलिकप्टरको अध्यक्ष समेत तामाङ रहेका थिए । उनलेनै रामेछापबाट हेलिकप्टरको व्यावसायिक उडान समेत उद्घाटन गरेका थिए ।