खाँडादेवीबाट सिन्धुली हिँडेको अटो दुर्घटना : चालक सहित ५ जना घाइते, चालकको अवस्था गम्भीर

| मंसिर १८, २०७९ आइतबार

संकेतिक तस्विर ।
A A A
A A A

१८ मंसिर, रामेछाप । खाँडादेवी गाउँपालिका वडा नं नम्बर ३ भिरपानीको हुन्दुरखोला भन्ने स्थानमा अटो दुर्घटना भएको छ । 

 

 

आइतबार आज सो ठाउँको पकरवासबाट सिन्धुली तर्फ जाँदै गरेको  ज १ ह ५०६९ नम्बरको अटो आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ६ मिटर तल खस्दा चालक सहित ५ जना घाइते भएका छन् । 

 

 

घाइते हुनेमा चालक सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ भोटे पानी बस्ने ४३ वर्षीय कुमार तामाङ, सोही ठाउँका वर्ष ७० वर्षीय पदम बहादुर तामाङ, ६५ वर्षीय राम बहादुर तामाङ,  ३२ वर्षीय सम्झना तामाङ र १२ वर्षीय बालिका सुस्मा तामाङ रहेका छन्।

 

 

जसमा चालकको अवस्था गम्भीर छ । उनको टाउको र कम्मरमा चोट लागेको छ । 

 

 

घाइतेहरूको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख (डिएसपी) राजकुमार थिङ सहितको टोलीले उद्धार गरी थप उपचारको लागि सबै घाइतेलाई धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।