कम्प्युटर एसोसिएसन रामेछापको अध्यक्षमा निरज सापकोटा दोहोरिए

| मंसिर १९, २०७९ सोमबार

A A A
A A A

१९ मंसिर, रामेछाप । कम्प्युटर एसोसिएसन (क्यान महासंघ) रामेछापको अध्यक्षमा पुनः निरज सापकोटा दोहोरिएका छन् । सोमबार क्यानको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति टुङ्गो लगाएको हो । 

 

 

जसमा दुई वर्ष अगाडि अध्यक्षको जिम्मेवारी लिँदै जिल्लामा समिति गठन गरिएको क्यानको दोस्रो कार्यकालको लागि पनि सापकोटा दोहोरिएका हुन् । 

नौ सदस्यीय नयाँ कार्यसमितिमा उपाध्यक्षमा दधिलाल नेपाल, सचिव, राजु श्रेष्ठ (विजय), सह–सचिवमा दीपक श्रेष्ठ र कोषाध्यक्षमा झनक बुढाथोकी (उत्तम) चयन भएका हुन् । 

 

 

त्यस्तै रवीन्द्र श्रेष्ठ, नवराज श्रेष्ठ, गम्भिरराज दंगाल, शर्मिला भण्डारी सदस्यहरूमा चयन भएका छन् । 

 

साधारण सभा सहितको कार्यक्रममा आगामी २ वर्ष भित्र जिल्लाका प्रत्येक पालिकाका जनप्रतिनिधि, (आइटी) का सरोकारवाला निकाय र कर्मचारी समेतको सहभागितामा ‘स्मार्ट पालिका डिजिटल नेपाल’, प्रिन्टर तथा ल्यापटपको फ्रि सर्भिस क्याम्प गर्ने योजना रहेको नवनिर्वाचित अध्यक्ष सापकोटाले बताए । 

 

 

त्यस्तै क्यान रामेछापमा आबद्ध व्यवसायी तथा सदस्यहरूका लागि डिजिटल मार्केटिङ सम्बन्धी कार्यशाला, साइबर सेक्युरिटी सम्बन्धि कार्यशाला लगायतका कार्यक्रम पनि गर्ने योजना सुनाए । 

 

 

क्यान महासङ्घका केन्द्रीय सचिव शेखरनाथ दुलाल सहितको उपस्थितिमा भएको सो कार्यक्रममा क्यान काभ्रेका उपाध्यक्ष दीपक सापकोटा, अधिवक्ता विचारसिं दोङ लगाएको उपस्थिति थियो ।