१८ जिल्लामा मात्रै लकडाउन हुन बाँकि (तथ्याङ्कसहित)

| बैशाख २३, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

२३, बैशाख, रामेछाप । नयाँ भेरियन्ट सहितको कोरोना भाइरस संक्रमण दैनिक तिवृ रुपमा फेलिएपछि देशका अधिकांश जिल्लाले निषेधाज्ञा जारी गरेका छन् । बिहिबार बिहान १० बजेसम्म ५९ जिल्लाले कोरोना रोकथाम तथा नियन्त्रण,ब्यवस्थापन समिति (डिसिसिएमसी) को निर्णंय, स्थानीय तहहरुले आंशिक तथा पूर्ण निषेधाज्ञा जारी गरेका छन् । अब १८ जिल्ला मात्रै बन्दाबन्दी गर्न बाँकि छन् । 

 


बिहिबार बिहान १० बजेम्म बाँके, सुर्खेत, काठमाडौं उपत्यका, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर,पाल्पा, चितवन,रुपन्देही, बागलुङ, बर्दिया, सल्या, सुनसरी, दार्चुला, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा, झापा, मोरङ्, गुल्मी, प्युठान, काभ्रेपलाञ्चोक,गोरखा, बाजुरा, उदयपुर, मकवानपुर, बझाङ, कालिकोट, स्याङ्जा, कपिलवस्तु, रामेछाप, नुवाकोट, ताप्लेजुङ्, धनुषा, अर्घाखाँची,बैतडी, दैलेख, महोत्तरी, डोल्पा, डोटी, नवालपरासी पूर्व, रोल्पा, म्याग्दी, मुगु, तनहुँ, बारा, सिरहा ,नवलपरासीमा इलाम, दोलखा,सिन्धुपाल्चोक, धन्कुटा,अछाम, र हुम्लामा आंशिक तथा पूर्ण निषेधाज्ञा जारी गरिएको छ । 

 

 

मंगलबार काठमाडौं उपत्यकामा थप एक हप्ताको लागि निषेधाज्ञा थप गरिएको छ । रामेछाप जिल्लामा रामेछाप नगरपालिकाको बजार क्षेत्र, मन्थली नगरपालिकाका उच्च जोखिम क्षेत्र र गोकुलगंगा गाउँपालिकाका उच्च जोखिम क्षेत्रमा २१ गतेराति १२ बजेदेखि निषेधाज्ञा लागू गरिएको छ ।

 

रामेछापमा जारी लकडाउन, निषेधाज्ञा आउदो २७ गतेसम्मको लागि लागू गरिएको हो । देशका अधिकांश जिल्लामा बैशाख मसान्त सम्मको लागि लकडाउन गरिएको  छ ।

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार