मन्थलीमा कार र टिफर ठोकिए (तस्बिरहरू)

| मंसिर २०, २०७९ मंगलबार

तस्विरः मिलन घिमिरे/रामेछाप टाइम्स
A A A
A A A

२० मंसिर, रामेछाप । मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस नजिकै दुई गाडी एक आपसमा ठोक्किएका छन् । 

 

आज मङ्गलवार बिहान करिब ९ ः ३० बजेको समयमा मन्थली नगरपालिका वडा नं १ मन्थली स्थित क्याम्पस नजिकै सानिमदौ तर्फ जाँदै गरेको बा ७ च २३५९ नम्बरको कार र विपरीत दिसा बाट आउँदै गरेको बा ५ ख १३९४ नम्बरको टिफर ठोक्किएको जिल्ला प्रहरी कार्यालय रामेछापले रामेछाप टाइम्सलाई जानकारी दिएको छ । 

दुर्घटनामा परेको कारमा सामान्य क्षति भएको छ । मानवीय क्षति नभएको जिल्ला प्रहरीका सूचना अधिकारी दिलीप कुमार थापाले रामेछाप टाइम्सलाई बताए । 

 

दुर्घटनामा परेका दुवै सवारीलाई थप अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको उनले बताए ।