मन्थली,काेरानाकाे उच्च जाेखिम्म : पाँच जना पत्रकारसहित २९ जनामा पुष्टि,

| बैशाख २३, २०७८ बिहिबार

मन्थली बजार आसपास
A A A
A A A

२१ वैशाख, रामेछाप । रामेछाप जिल्लाकाे सदरमुकाम मन्थली काेराेना संक्रमणकाे केन्द्र बिन्दु बनेको छ । बिहिवार एकैदिन मन्थलीमा २६ जनामा संक्रमण पुष्टि भएको छ । 

गत वैशाख २१ गते पठाइएकाे ३८ जनाकाे स्वाबमा २६ जनाकाे रिपोर्ट पाेजेटिभ आएको जिल्ला अस्पताल रामेछापले जनाएको छ । 


जसमा ५ जना पत्रकारलाई समेत रहेका छन् । संक्रमित हुनेमा एक  जना रामेछाप टाइम्सकर्मी समेत छन् । 


२६ जना मन्थलीका मात्रै छन् । त्यस्तै ३ जना रामेछाप नगरपालिका  रहेका छन् । 

संक्रमित पत्रकारहरुलाई  नेपाल पत्रकार महासंघको हलमा आइसाेलेसन बनाएर राख्ने तयारी गरिदै छ । रामेछाप नगपालिकाका संक्रमितहरु  जिल्ला अस्पतालकाे आइसाेलेसनमा बसेकाे जिल्ला अस्पतालले जनाएको छ ।  आज थपिएका संक्रमित सहित जिल्लामा संक्रिय संंक्रमितकाे संख्या  ७६ पुगेेके छ ।

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार