रामेछापमा ‘सन् २०२२’ मा मानव अधिकार हनन्का २५ घट्ना घटे, सरोकारवाला यस्तो भन्छन् ? (भिडिओसहित)

| मंसिर २५, २०७९ आइतबार

A A A
A A A

२५ मंसिर, रामेछाप । रामेछाप जिल्लामा चालु आर्थिक वर्षको करिब ५ महिनामा मानव अधिकार हनन् एवं महिला हिंसा बिरुद्धका घटना सबै भन्दा बढी भएका छन् । हिंसा न्युनिकरण गर्न सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नु पर्नेमा सरोकारवालाहरुले जोड् दिए । 

 


शनिबार सदरमुकाम मन्थलीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिन अभियानको समापन, अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा रामेछापको सन् २०२२ को मानव अधिकार अवस्था समीक्षा कार्यक्रममा जिल्लामा महिलाहरु बढी हिंसामा पर्ने गरेको तथ्यले देखाएको हो । 

 


जिल्ला न्यायाधिवक्ता योगेन्द्रप्रसाद ढुङ्गेलले न्याधिवक्ताको कार्यालयमा पुगेका अधिकांश मुद्दा मध्ये आधा भन्दा बढी महिला हिंसाका घटनासंग सम्बन्धित भएको बताए । उनले भने ‘सबै भन्दा धेरै महिला हिंसाका मुद्दा दर्ता भएका छन् । त्यसमा पनि बलात्कार, करणी प्रयास र यौन दुर्व्यवहारका मुद्दा बढी छन् । आत्महत्या पनि उल्लेख्य मात्र बढैको देखिन्छ ।’ 


उनले चालु आर्थिक वर्षमा बलात्कार, बलात्कारको प्रयास तथा यौन दुर्व्यवहारका सात वटा, बहुविवाह र बाल विवाहका २ वटा, अभद्र व्यवहारका १० वटा लगाएत ३४ वटा मुद्दा दर्ता भएको जानकारी दिए । 

 

भिडिओमा हेर्नुहोस् । 

त्यस्तै जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) राजकुमार थिङले पनि यस्ता घटना बढी घट्ने गरेको उल्लेख गर्दै प्रहरीको सुरक्षा चुनौतीनै थपिदिँ गएको बताए । उनले भने ‘शान्ति सुरक्षा कायम गर्न प्रहरी कार्यालय सक्षम छ । तर, दिनानु दिन यहाँ खालको खटनाको प्रकृति हुँदै गएको छ । घटनाको प्रकृति पनि फेरिन थालेका छन् । झन चुनौती बढेको छ ।’

प्रहरी कार्यालयमा चालु आर्थिक वर्षमा आत्महत्याका घटना निरन्तर बढ्ने क्रममा रहेको उनी बताउँछन् । उनले थपे ‘हामीले सचेतना मूलक र काउनसिलिङ जस्ता कार्यक्रम गाउँ–गाउँ सम्म पुर्याउनू पर्छ जसले मानिसलाई भुल्याउने र रमाउने तर्फ आकर्षित गरौस् अनि त्यो संख्या घट्छ ।’

 

डिएसपी थिङ्ले सम्पन्न निर्वाचिन सफल पार्न समग्र जिल्लाबासीको सहयोगले सम्भव भएको भन्दै प्रहरीको मात्रै कामले त्यो नभएको बताए । हामी निर्वाचन सफल भयो भनेर मख्ख छैन् । त्यो सबैको सहयोगले हो । त्यो अझ बढाउनु पर्छ । जसले निर्वाचनलाई अझै शान्तिपूर्ण र स्वतन्त्र बनाउन सक्छौं । आगामी दिनमा त्यसको खाँचो छ ।’ 

भिडिओमा हेर्नुहोस् 

जिल्ला प्रशासन कार्यालय रामेछापकी प्रशासकीय अधिकृत सुनिता थापाले आर्थिक, सामाजिक, लैङ्गिक तथा पारिवारिक विभेदका कारण आत्महत्याका घटना बढ्दै गएको बताउँदै यसको न्यूनीकरणको लागि सचेतना नै मुख्य साधन हुने बताइन् । उनले प्रशासन कार्यालयको तर्फबाट मानव अधिकार र नागरिकका अन्य अधिकार संरक्षणको लागि निरन्तर काम भइरहेको जिकिर गर्दै कमी हुन नदिने प्रतिबद्धता जनाइन् । 


इन्सेकका जिल्ला प्रतिनिधि नवराज पथिकले रामेछापमा यस वर्ष २५ वटा मानव अधिकार उल्लङ्घनका घटना अभिलेखीकरण भएको बताए । उनले बलात्कारका १०, यौनजन्य दुर्व्यवहारका तीन वटा, जातीय विभेदको एउटा, बोक्सीको आरोपमा हत्या तथा कुटपिटको एउटा र बाँकी राजनीतिक अधिकारसँग जोडिएका घटना भएका जानकारी दिए । 

 


महिला हिंसा सहित सबै खाले हिंसा रोक्न सबैको भूमिका अहम् हुने भएकाले सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नु पर्नेमा मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठ, उपप्रमुख ईश्वरी बस्नेत, नेपाल बारका अध्यक्ष बिचार सिंह दोङ, गैरसरकारी संस्था महासंघ रामेछापका अध्यक्ष रत्न कंडेल लगाएतले एक मतको धारणा प्रस्तुत गरे ।