नेपाल जेसिजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा रामेछापका जीवनले दिए उम्मेदवारी

| मंसिर २८, २०७९ बुधबार

फाइल फोटो
A A A
A A A

२८ मंसिर, रामेछाप । रामेछाप जेसिजको तर्फबाट राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा जीवन कार्कीले उम्मेदवारी दिएका छन् । 

 

आउँदो २०२३ जेसिजको लागि पुष ७,८,९ र १० गते विरगञ्जमा सम्पन्न हुन लागेको ४९ ओैँ महाधिवेशनमा जेसीज रामेछापका पूर्वक अध्यक्ष समेत रहेका कार्कीले उम्मेद्वारी दिएका हुन् । 

 

उनी २०१६ मा जेसिजको सदस्यता लिएर जेसिज अभियानमा सक्रिय छन् । कार्की २०२१ को रामेछाप जिल्ला जेसिजको अध्यक्ष निर्वाचित भएर कुशलता पूर्वक कार्यकाल पूरा गरेका थिए । 

 

 

कार्की रामेछाप जेसिजको अध्यक्ष भएपश्चात् नै पहिलो पटक रामेछापले क्षेत्र (ग) सम्मेलन यहाँ सम्पन्न भएको थियो । 

 

 

रामेछाप जेसिजको वर्ष २०२१ मा आफ्नो कार्यकालमा क्षेत्रीय सम्मेलन गराउन सफल भएका कार्की २०२२ का दोस्रो मत सहित राष्ट्रिय उपाध्यक्ष पदमा निर्वाचित हुन सफल भएका हुन् । 

 

 

यसरी नै जेसिज यात्रामा सफलता प्राप्त गर्दै आएका कार्कीले वर्ष २०२३ का लागि भने राष्ट्रिय कार्यकारी उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । नेपाल जेसिजको इतिहासमा रामेछाप जेसिजले यो पहिलो प्रस्तुति भएको रामेछाप जेसिजका महासचिव विमल पौडेलले बताए । 

 

 

धुलिखेल जेसिजको मातृत्वमा २०१४ रामेछाप जेसिज स्थापना भएको हो । रामेछाप जेसिजले यस अघि पटक–पटक राष्ट्रिय उपाध्यक्षमा उम्मेदवारी दिएको भए पनि राष्ट्रिय कार्यकारी उपाध्यक्षमा भने पहिलो पटक उम्मेदवारी दिएको महासचिव पौडेलले बताए ।