पत्रकार महासंघ रामेछापको साधारण सभा मन्थलीमा सुरु

| मंसिर २९, २०७९ बिहिबार

A A A
A A A

२९ मंसिर, रामेछाप । नेपाल पत्रकार महासंघ रामेछापको १९ औँ साधारण सभा आज बिहीबार मन्थलीमा भव्यताका साथ सुरु भएको छ ।

 

 

मन्थली स्थित जिएस होटेलको सभा हलमा भर्खरै सम्पन्न प्रतिनिधिसभाका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) को प्रमुख आतिथेता र शाखा अध्यक्ष बद्री नयाँघरेको अध्यक्षतामा साधारण सभा सुरु भएको हो । त्यस्तै प्रदेश सांसदहरूको उपस्थिति रहेको छ । 

 

 

महासङ्घको पछिल्लो कार्यसमितिले गर्न लागेको पहिलो साधारण सभामा सङ्घको केन्द्रीयबाट प्रमुख तथा प्रतिनिधि, छिमेकी जिल्लाका प्रमुख तथा प्रतिनिधि, आठ वटै स्थानीय तहका प्रमुख, जिल्ला समन्वय समिति लगायत सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखहरूलाई निमन्त्रणमा पत्र पठाइएको सचिव तुलसीदेवी श्रेष्ठले बताइन् । 

 

 

त्यस्तै पत्रकार महासङ्घमा आबद्ध सबै भातृ पत्रकारहरू सङ्गठनहरूलाई पनि निमन्त्रणा गरिएको छ । यो सधारणसभाले महासङ्घले हालसम्म गरेको आर्थिक गतिविधिको विवरण, कार्य प्रगति लगायतका बारेमा छलफल तथा स्वीकृत गर्ने छ ।