पत्रकार टिका भट्टले गरे एक लाख राशिको ‘पत्रकार पुरस्कार अक्षयकोष’ स्थापन गर्ने घोषणा

| मंसिर २९, २०७९ बिहिबार

A A A
A A A

२९ मंसिर, रामेछाप । पत्रकार महासङ्घ रामेछापका पूर्व अध्यक्ष टिका भट्टले एक लाख रुपैयाँको पत्रकार पुरस्कार कोष स्थापन गर्ने घोषणा गरेका छन् । 

 

 

बिहीबार पत्रकार महासङ्घ रामेछापको १९ औँ साधारण सभालाई सम्बोधन गर्दै पूर्व अध्यक्ष भट्टले १ लाख राशिको पुरस्कार आफ्नै पैसाबाट प्रत्येक वर्ष एक जना उत्कृष्ट पत्रकारलाई प्रदान गर्ने गरी स्थापन गर्ने घोषणा गरेका हुन् । 

 

 

३१ वर्षदेखि पत्रकारिता क्षेत्रमा आबद्ध पत्रकार भट्टले ‘म धनी हैन, तीन दशक यही क्षेत्रमा बिताएँ । अब, यसमा लाग्नेहरूको बढ्दै गएका छन् । यसमा म, धेरै खुसी छु । यसरी बढ्नु नै मेरो सम्पत्ति हो, भनेर बुझेको छु । त्यसैले यसमा लागेकाहरूले सही र प्रमाणको आधारमा उत्कृष्ट लेखन बनाउन सकुन् र प्रेरित हुन् भन्ने उद्देश्यले प्रत्येक वर्ष त्यो कोषबाट जम्मा हुने ब्याजबाट सम्मानित गर्ने गरी म, मेरो आमाबुबाको नाममा कोष स्थापना गर्ने घोषणा गर्छु ।’

 

 

उनले थपे यो सम्मान वर्षैपिछे, फरक फरक विधामा सम्मान गर्छु। गर्छौँ । समिति तयार हुन्छ । त्यसले नाताबाद्, कृपाबाद् केही नहेरी राम्रो लेख्ने पत्रकारसाथिहरुलाई सम्मानित गर्छौँ ।’

 

 

 

जिल्लामा पत्रकारिता दोलखा र रामेछापको एउटै शाखा बनाएर उदय भएको स्मरण गर्दै हाल एक सयको हाराहारीमा पत्रकार पुग्नु आफ्नो लागि गौरवको विषय भएको बताए ।

 

 

पत्रकारिता व्यावसायिक र सक्रियता तर्फ अगाडि बढेको भन्दै यसलाई स्थानीय तहहरूले अपनत्व लिएर स्थानीय सञ्चारमाध्यम र पत्रकारलाई संरक्षित गर्नु पर्नेमा पत्रकार भट्टले जोड् दिए । उनले पत्रकारिता क्षेत्रमा आउने विकृतिहरूलाई छलफल गरी तथ्य र प्रमाणको आधारमा सामग्री प्रकाशन प्रसारण गर्न सबैलाई आग्रह गरे । 

 

कान्तिपुर राष्ट्रिय दैनिकका सहसम्पादक रहेर काम गर्दै आएका पत्रकार भट्टले राष्ट्रियसगंगै स्थानीय संचारमाध्यमलाई बचानु स्थानीय सहित तीनै तहको सरकारको दायित्व रहेको तर्क गरे ।