मन्थलीमा ५० सहित रामेछापमा ८१ जनामा काेराेना पुष्टि,सक्रिय संक्रमित १७९ पुग्याे

| बैशाख २८, २०७८ मंगलबार

फाइल फाेटाे
A A A
A A A

२८  वैशाख ,रामेछाप । रामेछाप जिल्लामा काेराेना भाइरस संक्रमित  हुनेकाे संख्या अनपेक्षित रुपमा वृद्ध हुन थालेकाे छ । 


जिल्लामा मंगलबार मात्रै ८१ जनामा काेराेना संक्रमण भएको छ । संक्रमित हुनेहरुमा दुई उपप्रमुख समेत छन् । संक्रमित हुनेमा रामेछाप नगरपालिकाकी उपप्रमुख र दाेरम्बा गाउँपालिकाकी उपप्रमुख रहेका छन् । 

गत आइतबार मन्थलीबाट पठाइएको ११६ जनाकाे स्वाब परिक्षणमा ५० जनाकाे पाेजेटिभ आएको जिल्ला अस्पताल रामेछापले जनाएको छ  । 


त्यस्तै रामेछाप नगरपालिकाबाट ३१ जनाकाे स्वाब पठाएकाेमा ८ जना र दाेरम्बा गाउँपालिकाबाट ६० जनाकाे पठाएकोमा ११ जनाकाे रिपोर्ट पाेजेटिभ आएकाे जिल्ला अस्पताल रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिए ।  


त्यस्तै एन्टिजेन्ट विधिबाट गरिएकाे परिक्षण टेष्टबाट १२  जनाकाे पाेजेटिभ आएकाे  थापाले बताए  । 


मंगलबार थपिएका संक्रमितमा ४ जना पत्रकारहरु छन् । थपिएका सबै संक्रमित सहित जिल्लामा कुल सक्रिय संक्रमितकाे संख्या १७९ जना पुगेकाे छ । 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार