भुजीमा उमाकुण्ड लिग सुरु

१ पुस, रामेछाप । उमाकुण्ड लिग–२०७९ आज शुक्रवार देखि सुरु भएको छ ।
लिखु भूजी रामेछाप युवा क्लबको आयोजनामा उमाकुण्ड गाउँपालिकाको प्रायोजन र सोही पालिकाको वडा नं ७ भूजीको सह प्रायोजनमा प्रतियोगिता आजबाट सुरु भएको हो ।
प्रतियोगिताको पालिका अध्यक्ष शेरबहादुर सुनुवारले उद्घाटन गरेका हुन् । भूजी खेल मैदानमा हुने प्रतियोगिताको आज सुरु भएको हो । यहाँ हरेक वर्ष प्रतियोगिता हुँदै आएको छ ।
प्रतियोगिताको विजेताले १ लाख ५० हजार, द्वितीयले १ लाख नगद सहित ट्रफी र प्रमाणपत्र पाउने छ ।
प्रतियोगितामा १६ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।