काँग्रेस रामेछापले गर्‍यो निर्वाचित सांसद, चुनावी कमाण्डार र सभापतिहरूलाई सम्मान

| पुस १, २०७९ शनिबार

A A A
A A A

२ पुस, रामेछाप । शुक्रवार बसेको नेपाली काँग्रेस जिल्ला कार्यसमिति बैठकले गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा निर्वाचित गठबन्धनका उम्मेदवारलाई सम्मान गरेको छ । 

 

 

पार्टी कार्यालय बिपी स्मृति भवनमा बसेको १५ औँ जिल्ला कार्यसमिति बैठकले निर्वाचित गठबन्धनका उम्मेदवार युवराज चौलागाई, तारानारायण श्रेष्ठलाई सम्मान गरेको हो । 

 

 

निर्वाचित प्रतिनिधिसभा सांसद एवं जिल्ला पार्टी सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) को अध्यक्षतामा बसेको बैठकले निर्वाचनलाई आफ्नो पकडमा पार्न सफल गठबन्धनका ‘चुनावी  कमाण्डार’ लाई पनि सम्मान गरेको क्षेत्र नं २ का क्षेत्रीय सभापति राजेशकुमार श्रेष्ठले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

 

उनका अनुसार कमाण्डारहरु नेपाली काँग्रेसका निवर्तमान सभापति एवं रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपाने र माओवाद केन्द्रका पोलिटब्युरो सदस्य, जिल्ला इन्चार्ज श्यामकुमार श्रेष्ठ (कुशल) लाई सम्मान पत्रले सम्मानित गरिएको हो । 

लबश्री न्यौपाने, सम्मानित हुँदै ।

 

त्यस्तै पार्टीका दुई क्षेत्रीय सभापति १ का निरोज खड्का र २ का राजेशकुमार श्रेष्ठलाई सम्मानित भएका छन् । 

 

 

त्यस्तै नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका सम्पर्क समितिका अध्यक्षहरू क्रमशः राजनारायण श्रेष्ठ र कर्ण चौलागाईलाई पनि सम्मान गरिएको श्रेष्ठले बताए ।

 

 

दुई पार्टी गठबन्धन गरेर निर्वाचनमा होमिएका काँग्रेस र माओवादीले चुनाव आफ्नो पक्षमा पारेका छन् । यसअगाडि शुक्रवारै काँग्रेसको भातृ संस्था (नेविसंघ) रामेछापका अध्यक्षले पनि निर्वाचित सांसदहरूलाई सम्मान गरेका थिए ।