नवजागरण बचत तथा ऋण सहकारी : सेवालाई प्रविधिमैत्री बनाउन ‘क्युआर’ कोड धमाधम दिँदै
२ पुस, रामेछाप । नवजागरण बचत तथा ऋण सहकारी संस्था रामेछापले सदस्यहरूलाई ‘क्युआर’ कोड धमाधम दिन थालेको छ । सेवालाई डिजिटलाइजेशन गर्न केन्द्रित भएको सहकारीको भनाई छ ।
केही हप्ता यता अभियान नै तय गरेर सहकारीले आफ्ना ८ हजार बढी सदस्यहरूलाई आर्थिक कारोबारमा सहजता उपलब्ध गराउने उद्देश्यले कोड घर–घरै पुगेर दिन थालेको व्यवस्थापक रमेश उदासले रामेछाप टाइम्सलाई जानकारी दिए । यो सहकारीले नयाँ-नयाँ काम गरेर सदस्यलाई आकर्षक गर्ने गर्दै आएको छ ।
सदरमुकाम मन्थलीमा आफ्नै भवनबाट सेवा प्रदान गर्दै ४ वटा पालिकाको ३९ वटा वडाहरूमा सेवा विस्तार गरेको यस सहकारीले मन्थली र रामेछाप नगरपालिकाका व्यवसायीहरूलाई प्रविधि मैत्री बनाउने ध्येयका साथ कर्मचारी मार्फत ‘क्युआर’ कोड प्रदान गर्दै आएको उदासले बताए ।
त्यस्तै खाँडादेवी र लिखु तामाकोशी गाउँपालिकामा धोबी सेवा केन्द्रबाट सबै वडामा मासिक बचत सङ्कलन गर्ने लक्ष्य लिएको सुनाउँदै आम नागरिकको बचतलाई सुरक्षित र विश्वासिलो बनाउन केन्द्रित रहेको सुनाए ।
५९ करोड कूल सम्पत्ति रहेको यस सहकारीको ४ करोड ५२ लाख शेयर पुँजी, ४३ करोड बचत र ३९ करोड ऋण रहेको उदासले बताए ।
त्यस्तै जगेडा कोषमा ६ करोड रहेको सुनाउँदै सदस्यहरूको मन जित्ने गरी सेवा प्रदान गर्न लागि परेको सुनाए । उनले प्रविधिमैत्री सेवालाई थप प्राथमिकता दिनेमा जोड् दिए ।
यो पनि पढ्नुहोस् नवजागरणका समाचार ।
नवजागरण सहकारीको जगेडा कोष प्रदेशकै उत्कृष्ठ, संरक्षित पुँजी जिल्लाकै पहिलो, सदस्यलाई बाँड्यो करिब २५ लाख रुपैयाँ
नवजागरण सहकारीमा रक्तदान र मन्थली १ केन्द्रको सधारणसभा, १ करोड ५७ लाख बढी नाफा
अब सहकारीले पनि भत्ता बाँड्न पाउने वातावरण स्थानीय तहले मिलाउनु पर्छ–अध्यक्ष थापा
