चुचुरेमा बाघको आक्रमणमा परी एक किशोर गम्भीर घाइते, काठमाडौँ लगियो

| पुस ३, २०७९ आइतबार

फाइल फोटो
A A A
A A A

३ पुस, रामेछाप । चुचुरेमा बाघको आक्रमणबाट एक किशोर गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारको लागि काठमाडौं लगिएको छ ।

 

गत शुक्रवार साझा घर नजिकैको जङ्गलमा पत्कर सोर्न गएका बेला बाघले आक्रमण गर्दा गोकुलगंगा गाउँपालिका वडा नं १ ढाँडेका १७ वर्षीय किशोर शिवराम कार्की गम्भीर घाइते भएका हुन् । 

 

बाघको आक्रमणमा परी गम्भीर घाइते कार्कीलाई स्थानीय प्राथमिक उपचारपछि थप उपचारको लागि दोलखाको जिरी लगिएकोमा त्यहाँ सम्भव नभएपछि थप उपचारको लागि काठमाडौँ रेफर गरिएको चुचुरेका वडा अध्यक्ष छत्रबहादुर बस्नेतले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

 

बाघको आक्रमणमा परेका उनको टाउको, आँखा, खुट्टा, पाखुरा लगायतका शरीरका विभिन्न भागमा चोट लागेको छ । अहिले उनको अवस्था सुधार भएको बताइएको छ ।  

 

 

सेतीदेवी माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन् । 

 

 

 

गौरीशङ्कर संरक्षण क्षेत्र रहेको उक्त स्थानमा पछिल्लो समय जङ्गली जनावरको मात्र बढ्दा मानिस प्रति आक्रमणको समस्या पनि बढ्न थालेको छ । 

 

 

केही समय अगाडि छिमेकी पालिका उमाकुण्डमा पनि बाघले गाई मारेको थियो ।