रामेछापमा यो वर्ष धान उत्पादन घट्यो

| पुस ३, २०७९ आइतबार

फाइल फोटो
A A A
A A A

३ पुस, रामेछाप । रामेछापमा यस वर्ष धान उत्पादन घटेको छ । जिल्लामा यस वर्ष आठ हजार ४५१ हेक्टर क्षेत्रफलमा लगाइएको थियो । 

 

 

आर्थिक वर्ष २०७९÷८० मा धान २४ हजार ६७७ मेटिकट्न उत्पादन भएको छ । जुन गत वर्षको तुलनामा दुई हजार ३५१ मेटिक्टनले कमी हो ।

 

कृषि ज्ञान केन्द्र रामेछापका अनुसार धानको उत्पादकत्वमा पनि यो कमी आएको हो । गत वर्ष धानको उत्पादकत्व ३‍.०७ मेटिकट्न प्रति हेक्टर रहेकोमा यस वर्ष २‍.९९ मेटिकट्न प्रति हेक्टर भएको पाइएको छ । 

 

यसरी उत्पादन तथा उत्पादकत्वमा कमी आउनुमा धान लगाउने क्षेत्रफलमा गत वर्षको तुलनामा ३५३ हेक्टरले कम हुनुका साथै फूल फुल्ने समयमा पानी पर्नु, हाइब्रिड जातका धानमा नेक बेलास्ट, सिथ ब्लाइट जस्ता रोगको प्रकोप हुनु रहेको ज्ञान केन्द्र रामेछापका सूचना अधिकारी शर्मिला फुयाँलले जानकारी दिइन् । 

 

उनका अनुसार धान बालीमा पतेरो, फड्के किराको प्रकोप पनि यो वर्ष देखिएका कारण पनि उत्पादन घटेको देखिएको हो । जिल्लाका केही स्थानहरू खिम्ती, देवीटार,  साँघुटार, देउरालीमा हुने चैते धानको उत्पादकत्व ३.७२ मेट्रिक टन प्रति हेक्टर रहेको पाइएको छ।

 

 

धानको राष्ट्रिय उत्पादकत्व ३.८१ मेटिकट्न प्रति हेक्टर रहेको ज्ञान केन्द्र रामेछापले जनाएको हो । 

अप्रिल अधिकारी
| माघ २३, २०८२ बिहिबार
मिलन घिमिरे (बि क)
| माघ १४, २०८२ मंगलबार
रामेछाप टाइम्स
| पुस २३, २०८२ बुधबार