बोलेरो दुर्घटनामा परेका दुरागाउँका वडा सदस्य सुनुवारको उपचारको क्रममा निधन

| पुस ४, २०७९ सोमबार

विमल सुनुवार ।
A A A
A A A

४ पुस, रामेछाप । उमाकुण्ड लिग हेर्न दुरागाउँबाट भुजी जाँदै गर्दा भएको बोलेरो दुर्घटनामा परी गम्भीर घाइते भएका वडा सदस्यको ज्यान गएको छ । 

 

गत शनिवार उमाकुण्ड गाउँपालिका वडा ७ भूजीको एकराते भन्ने स्थानमा लिखु तामाकोसी गाउँपालिका वडा नं १ दुरागाउँबाट जाँदै गरेको बा ११ च ७५९१ नम्बरको बोलेरो अनियन्त्रित भएर दुर्घटनामा परेको थियो ।

 

 

सो दुर्घटनामा परेका दुरागाउँका ३९ वर्षीय एमालेबाट निर्वाचित वडा सदस्य एवं एमाले निकट युवा सङ्घका नेता बिमल सुनुवारको उपचारको क्रममा आइतबार राति ज्यान गएको उनको पारिवारिक स्रोतले जनाएको छ । 

यसरी उद्दार गरिएको थियो, दुर्घटना स्थलबाट वडा सदस्य सुनुवारलाई, फाइल फोटो । 

 

दुर्घटनामा सुनुवार सहित ६ जना गम्भीर घाइते भएका थिए । ३४ वर्षीय राज कुमार थापा, ३०–३० वर्षीका सिता कार्की र मनिता खड्का, ३२ वर्षीकी बिमला सुनुवार, २३ वर्षीय सृष्टि सुनुवार, १६ वर्षीय नरेश खड्का, ४० वर्षीय दीपक सुनुवार घाइते भएका थिए । 

 

 

गम्भीर घाइते भएका वडा सदस्य सहित ३ जनालाई अन्नपूर्ण हेलिकप्टर मार्फत काठमाडौँ उपचारको लागि लगिएको थियो । 

 

 

दुर्घटनामा ९ जना घाइते भएका र तीन जनाको स्थानीय अस्पतालमा उपचार गराएर घर फर्किएका छन् । भने, तीन जनाको मन्थलीमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको छ । 

 

सम्बन्धित समाचार 
भुजीमा उमाकुण्ड लिग सुरु
उमाकुण्ड लिग हेर्न जाँदै गरेको बाेलेराे दुर्घटना : वडा सदस्य सहित ६ जना घाइते, हेलिकप्टर मार्फत काठमाडौं लगियाे
अपडेटः बोलेरो दुर्घटनामा परेका दुरागाउँका वडा सदस्य सहित ३ जनाको अवस्था गम्भीर, यी हुन् घाइतेहरु (भिडिओ/फोटो)