जिल्ला भरी ‘एबिसी थ्रिफेज लाइन केवल तार विस्तार गर्न सांसद बिगुलको कुलमान घिसिङसँग माग

| पुस ५, २०७९ मंगलबार

A A A
A A A

५ पुस, रामेछाप । रामेछापबाट निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्य (सांसद) हरू जिल्लामा रहेको बिजुली बत्तीको समस्या समाधानमा एक जुट् भएर लागेका छन् । 

 

प्रतिनिधि सभा सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) र प्रदेश सभा सांसद तारानारायण श्रेष्ठ र युवराज चौलागाइ छुट्टा छुटै प्राधिकरण पुगेर कार्यकारी प्रमुख कुलमान घिसिङलाई भेटेर बिजुली बत्तीको समस्या समाधान गरी दिन ध्यानाकर्षण गरेका हुन् । 

 

आइतबार सांसद (कान्छाराम) कुलमानलाई भेट्न पुगेका थिए । भने, सोमबार सांसद श्रेष्ठ (बिगुल) ले कार्यकारी घिसिङलाई भेटेका छन् । नेपाल विद्युत् प्राधिकरण केन्द्रीय कार्यालय, रत्नपार्क पुगेर सांसद श्रेष्ठले एबिसी थ्रिफेज लाइन केवल तार विस्तार गर्न माग गरेका छन् । 

 

सांसद श्रेष्ठले प्राधिकरणका कार्यकारी प्रमुख घिसिङलाई बुझाएको पत्रमा भनिएको छ ‘भौगोलिक हिसाबले एकदम दुर्गम जिल्ला रामेछापमा विद्युत् प्रसारण खुल्ला रूपमा विस्तार गर्दा व्यापक रूपमा मानवीय र भौतिक क्षति पुगेको हुँदा बत्ती न्यूनीकरण गर्दाको निमित्त रामेछाप जिल्ला भरि नै एबिसी थ्री फेज केवल तार, विद्युत् पोल विस्तार गरिदिनुहुन निवेदन गर्दछु, पत्रमा उल्लेख छ । 

 

सडक, बिजुली र टेलिकमको सेवामा अवरोध खेप्दै आएका जिल्लावासीको समस्यालाई केन्द्रमा राखेर सांसदहरू सो समस्या समाधानमा जुटेका हुन् । 

 

यसअगाडि सांसद श्रेष्ठले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई भेटेका थिए । 

पत्र हेर्नुहोस् ।