उमाकुण्ड गाउँपालिकाको न्यायिक समितिले सातै वडामा ‘कानुनी सचेतना वडा स्तरीय अन्तरक्रिया’ गर्‍यो

| पुस ५, २०७९ मंगलबार

वडा कार्यालय गुम्देलका गरिएको अन्तरक्रिया ।
A A A
A A A

४ पुस, रामेछाप । उमाकुण्ड गाउँपालिकाले पालिका बासीमा कानुनी सचेतना गर्नको लागि सबै वडामा ‘ कानुनी सचेतना वडा स्तरीय अन्तरक्रिया कार्यक्रम’ सम्पन्न गरेको छ । 

 

गाउँपालिकाको न्यायिक समितिको आयोजनामा वडा नम्बर १ गुम्देल देखि ७ नम्बर भूजीका जनप्रतिनिधि, कर्मचारी, आमा समूह सञ्जाल, आमा समूह, महिला समूह, महिला स्वास्थ्य स्वयंसेविका, स्वस्थ चौकी, नेपाल प्रहरी, विद्यालय, बुद्धिजीवी सबैलाई लक्षित गरेर प्रत्येक वडामा १–१ दिन कानुनी सचेतना कार्यक्रम गरेको पालिकाकी उपाध्यक्ष एवं न्यायिक समितिकी संयोजक सावित्री सुनुवारले रामेछाप टाइम्सलाई जानकारी दिइन् । 

'हामीले सबै वडामा कार्यक्रम सम्पन्न गर्‍यौ । यहाँ कानुनी साक्षरतालाई प्राथमिकता दिएको छ । मुद्दा मामिला, झैझगडालाई कसरी मिलाउने, कस्तालाई मिलाउने, न्यायिक समितिमा कस्ता कस्ता घटनाहरूको छलफल गर्न मिल्छ लगायत विषयमा जानकारी गराएका छौँ उपाध्यक्ष सुनुवारले बताइन् ।' 

 

पूर्व निर्धारित सूचना प्रकाशन गरेर गरिएको कार्यक्रममा उल्लेख्य मात्रमा सहभागी गराएर सम्पन्न गरेको उपाध्यक्ष सुनुवारले बताइन् । 

 

गत मंसिर २२ गते भूजीबाट सुरु भएको अन्तरक्रिया कार्यक्रम  मंसिर २७ गते वडा नं १ गुम्देल वडा कार्यालयमा गरेर सम्पन्न गरिएको उपाध्यक्ष सुनुवारले बताइन् ।