जिल्ला खेलकुद विकास समिति रामेछापले भन्यो–‘माघभित्र स्थानीय तहको, फागुनमा अन्तरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड’

| पुस ६, २०७९ बुधबार

फाइल फोटो
A A A
A A A

६ पुस, रामेछाप । रामेछापमा आउँदो फागुनको दोस्रो हप्ता भित्र राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने भएको छ । त्यो भन्दा पहिले पालिकाहरूले गर्नु पर्ने सोही प्रतियोगिता अनिवार्य सक्नु पर्ने छ । 

 

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा केन्द्र स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आगामी चैत्र २४, २५ र २६ गते हुन लागेकाले त्यो भन्दा अगाडि नै जिल्ला र प्रदेश स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न हुन अनिवार्य हुने भएकाले फागुनको दोस्रो हप्ता भित्र जिल्ला स्तरीय खेल आयोजना गर्न लागेको जिल्ला खेलकुद विकास समिति रामेछापले जनाएको छ । 

 

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराको साथ खेल आयोजना गर्न लागेको समितिले मन्थली नगरपालिका, रामेछाप नगरपालिका सहित लिखु तामाकोसी, गोकुलगंगा, उमाकुण्ड, खाँडादेवी, दोरम्बा शैलुङ र सुनापति गाउँपालिकालाई पत्र लेख्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सरोज घाहा मगरले सो जानकारी दिएका हुन् । 

 

साथै पत्रमा पालिकाहरूले माघ महिना भित्र पालिकाहरुले गर्ने प्रतियोगिता सम्पन्न गराउन पनि भनिएको छ । र, सो पश्चात् स्थानीय प्रतियोगिता सम्पन्न भएको मितिले ७ दिन भित्र खेलको नतिजा सहितको प्रगति प्रतिवेदन, प्रथम र द्वितीय हुने खेलाडीहरूको नामावली सहित जिल्ला खेलकुद विकास समिति मन्थलीको कार्यालयमा बुझाउन पनि भनिएको छ । 

 

सूचना हेर्नुहोस् ।