सुनकोशी-३ जलविद्युत आयोजना : अघि नबढाउन ५ आदिवासी जनजाति समुदायको माग, बढाए आन्दोलन चर्काउने (विज्ञप्तिसहित)

| पुस ६, २०७९ बुधबार

फाइल फोटो ।
A A A
A A A

६ पुस, काठमाडौँ । रामेछाप र काभ्रे जिल्लाको सुनकोसी नदीमा निर्माण हुन लागेको सुनकोसी–३ जलविद्युत आयोजनाप्रति आदिवासी जनजाति समुदायको प्रतिनिधित्व गर्ने पाँच वटा संस्थाहरूले कडा आपत्ति जनाएका छन् । 

 

नेपाल र बङ्गलादेशको संयुक्त लगानीमा निर्माण हुन लागेको यो आयोजनाले यी क्षेत्रका आदिवासी जनता प्रभावित हुने भन्दै आपत्ति जनाएका हुन् ।

 

बुधवार राष्ट्रिय सीमान्तिकरण विरुद्ध अभियान, माझी राष्ट्रिय परिषद्, डोने राष्ट्रिय परिषद्, माझी राष्ट्रिय मुक्ति मोर्चा र मझसेवा सिन्धुपाल्चोकले संयुक्त विज्ञप्ति जारी गर्दै आयोजना निर्माणको विरोध गर्दै आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

 

केही दिन अगाडि वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत भएपछि आज जारी संयुक्त विज्ञप्ति प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । ‘हाम्रो विरोधका बाबजुद बलजफती आयोजना अगाडि बढाउने काम भएमा त्यसको सशक्त प्रतिरोध गर्न बाध्य हुनेछौ’। त्यसबाट आउने जुनसुकै परिणामको नेपाल सरकार जबाफदेही हुनेछ, विज्ञप्तिमा भनिएको छ ।

 

यो आयोजनाबाट रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक र काभ्रेपलान्चोक जिल्लाका १३ स्थानीय तहका ४५ वडा प्रभावित हुनेछन् । सरकारले तयार पारेको प्रतिवेदन अनुसार यो आयोजनका कारण १ लाख २० हजार ६२ जना प्रभावित हुनेछन् । 

 

विज्ञप्ति हेर्नुहोस्  ।