रामेछापबाट निर्वाचित ‘कान्छाराम’ सहित २७५ सांसदले लिए शपथ, ‘कान्छाराम’ शपथ लगत्तै मन्थली यस्तो उद्देश्यले आउँदै
७ पुस, रामेछाप । रामेछापबाट प्रतिनिधि सभा सांसदमा निर्वाचित पूर्णबहादुर तामाङ (कान्छाराम) सहित २७५ जना सांसदले शपथ लिएका छन् । लोगो लगाएका छन् ।
सङ्घीय सांसदमा बिहीबार दिउँसो नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् । उनीहरूलाई ज्येष्ठ सदस्य (राप्रपा) का सांसद पशुपतिशमशेर जबराले शपथ गराएका हुन् ।
राष्ट्रिय पोसाक दौरा सुरुवालसहित सांसद भवन पुगेर सांसद तामाङले शपथ लिएका हुन् । निर्वाचित ४ जना सांसद भने शपथ ग्रहणमा अनुपस्थित भएका छन् । उनीहरूलाई पछि शपथ खुवाइने जनाइएको छ ।
शपथ लिएपछि रामेछाप टाइम्संग टेलिफोनमा कुराकानी गर्दै सांसद तामाङले शपथ लिएको र सांसदको लोगो समेत लगाइसकेकाले अब सिधै रामेछापको मन्थलीमा आउन लागेको बताए । उनले भने ‘शपथ खाए, यो लोगोलाई पहिलो बास मन्थलीमा बसाउने मेरो चाहाना छ । रामेछापेलीले जिताएको यो खुसी म, मन्थलीका जनतासँग साट्न चाहन्छु त्यसैले मन्थली तर्फ हिँड्ने तयारीमा छु ।’
सांसदहरुको शपथ हेर्नुहोस्
रामेछापेली जनतालाई आफूलाई जिताएकोमा धन्यवाद दिँदै समृद्ध रामेछाप बनाउने अभियान सुरु भएको बताए । उनले खानेपानी, सडक बाटो र कृषि सिँचाइलाई प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धता जनाए ।
उनी (भोलि) शुक्रवार उमाकुण्ड लिग भूजीको कार्यक्रममा सहभागी हुन आउन लागेको पनि जानकारी दिए । ‘गाउँपालिका अध्यक्ष ज्यूहरूले मान्नु पर्यो । रामेछापमा धेरै काम गर्न बाँकी छ । थोरै खर्चमा नमुना रामेछाप बनाउने मेरो योजना छ । म, त्यो गर्छु ।
जिल्लाको विकास गर्नकै लागि आफू सांसद भएको उनको भनाई छ ।
८९ जना सांसदसहित नेपाली कांग्रेस सबैभन्दा ठूलो दल छ । ७८ सांसदसहित नेकपा एमाले दोस्रो ठूलो दल हो भने नेकपा माओवादी केन्द्रबाट ३२ जना सांसद छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट २० जना, राप्रपाबाट १४ जना, नेकपा एकीकृत समाजवादीका १० जना, जसपाका १२ जना, जनमत पार्टीका ६ जना जना, नागरिक उन्मुक्ति पार्टीबाट ३ जना, लोसपाका ४ जना, स्वतन्त्र ५ जना, राष्ट्रिय जनमोर्चाबाट १, नेमकिपाबाट १ जना सांसद छन्।
विभिन्न १४ भाषामा २५ जना सांसदले शपथ लिएका थिए। अरूले नेपाली भाषामा शपथ लिएका छन्।