नेविसंघ रामेछापका उपसभापति पौडेलको केन्द्रीय सभापति शेर्पाप्रति आक्रोश ‘नेविसंघ तपाईँको घरको अंश हैन, अंश बाँडे जस्तो बाँड्दै नहिड्नूहोस्’

| पुस १६, २०७९ शनिबार

A A A
A A A

१६ पुस, रामेछाप । नेपाल विद्यार्थी संघ रामेछापका उपसभापति विमल पौडेलले जिल्ला अध्यक्षमा विनोद बुढाथोकीलाई जिम्मेवारी दिएकोमा केन्द्रीय अध्यक्ष दुजाङ् शेर्पा प्रति आक्रोश व्यक्त गरेका छन् ।

 

सङ्गठनको अध्यक्षमा विनोद बुढाथोकीलाई जिम्मेवारी दिएपछि  विवादमा चुलिएकै बिच आज असन्तुष्ट समूहले गरेको एक कार्यक्रममा बोल्दै उपसभापति पौडेलले स्वागत मन्तव्य राख्दै भने ‘ केन्द्रीय अध्यक्षज्यू तपाईँले चिठ्ठी दिँदै गर्दा, एक व्यक्तिको कुरा सुनिरहँदा जिल्लाका नेविसंघसंग छलफल गरेर दिनु पर्थ्यौ  । तर, तपाईँले त्यो गर्नु भएन । गल्ती गरी सक्नु भयो । तपाईँले त, घरको अंश बाँडे जसरी चिठ्ठी बाँड्नु भयो । त्यसो नगर्नुहोस् । सच्चिनुहोस् ।’

 

राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले मेलमिलाप नै आजको आवश्यकता भएकोमा जोड् दिए । 

 

कार्यक्रम काठमाडौँको एक होटेलमा जारी छ । साथै कार्यक्रममा उपस्थित पार्टीका नेता, कार्यकर्ताहरूले असन्तुष्ट समूहको माग र असन्तुष्ट स्वाभाविक भएको भन्दै यसलाई समर्थन गर्दै अगाडि बढ्न आग्रह गरेका छन् । 

 

भिडिओ हेर्नुहोस् ।