जिल्ला प्रशासन रामेछापले आजदेखि ‘टाइम कार्ड’ लागू गर्यो

| पुस २२, २०७९ शुक्रबार

A A A
A A A

२२ पुस, रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापमा आज देखि टाइम कार्ड लागू भएको छ । यस अगाडि काठमाडौँ र ललितपुर जिल्ला प्रशासनले पनि कार्ड लागू गरेको चर्चा छ ।

 

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेबाट भर्चुअल बैठकमा भएको निर्देशन बमोजिम जिल्ला प्रशासन कार्यालयले पनि सेवा प्रवाहलाई छिटो÷छरितो र प्रभावकारी बनाउने उद्देश्यका साथ आजबाट सेवा प्रवाह समय कार्ड लागू भएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको हो । 

 

 

सेवाग्राहीलाई अब कति समय कुर्नु पर्ने हो । ठिक समय तोकिएको एक कार्ड दिन्छौँ । यसले सेवाग्राहीलाई कति समयमा आफ्नो काम हुन्छ भन्ने थाहा हुन्छ, प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले रामेछाप टाइम्सलाई भने । 

यस्तो हुन्छ टाइम कार्ड । स्रोत जिल्ला प्रशासन । 
उनका अनुसार अब सेवाग्राहीले आफूले कति समयमा आफ्नो काम बन्नछ भन्ने सुनिश्चित भएको कार्ड पाउने छन् । र, कार्डमा तोकिएको समयमा काम हुने छ । 

 

 

प्रशासन पुग्ने अधिकांश सेवाग्राहीले लामो समय कुर्दा पनि पालो नआएको, ढिला सुस्ती भएको भन्दै दुखेसो गर्दै आएका थिए । अब, यो गुनासो हट्ने प्रशासनको दाबी छ । 

 

 

पछिल्लो समय नागरिक मैत्री सेवा प्रदान गर्न जोड् दिएको जिल्ला प्रशासनले केन्द्रको नीति र निर्देशन अनुसार यसलाई थप कडाइ गर्दै लाने प्रजिअ रेग्मीको भनाई छ ।