कांग्रेस नेता 'कान्छाराम' तामाङ्ले तामाकोशी अस्पताललाई दिए निःशुल्क आइसियू सहितको स्वास्थ्य सामाग्री (फोटोफिचर)

| जेठ ४, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

०४ जेठ, रामेछाप । नेपाली कांग्रेस रामेछापका नेता एवं महाधिवेशन प्रतिनिधि पूर्णबहादुर तामाङ् 'कान्छाराम' ले तीन वटा आइसियू बेड्सहित स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् ।

 

जिल्लामा कोरोना संक्रमण बढ्दै जाँदा आइसियूमा राखेर उपचार गर्नु पर्ने परिस्थितिलाई मध्यनजर गर्दै समाजसेवी 'कान्छाराम'  ले मंगलबार सामाग्री जिल्ला सदरमुकाम मन्थली स्थित तामाकोसी अस्पताललाई हस्तान्तरण गरेका हुन् । 

 

 

कोरोना संक्रमणले जिल्ला आक्रान्त स्थितिमा पुगेका बेला स्वास्थ्य सामाग्री दिएर 'कान्छाराम' जिल्ला बासीको मनमुटुमा बस्न सफल भएका छन् । उनले यसअघि पनि पटक-पटक जिल्लाका स्थानीय तहहरुलाई एम्बुलेन्स, आपतमा परेकाहरुलाई हेलिकप्टर मार्फत उद्धार लगाएतका उदाहरणीय काम गर्दै आएका छन् । 
 


'कान्छाराम' नामबाट परिचित तामाङ्ले जिल्लामा १ वटा शवबहान र १३ वटा एम्बुलेन्स निःशुल्क रुपमा यसअघि हस्तान्तरण गरिसकेका छन् । 

 

यस पटक तामाङले कोरोना भाइरस संक्रमणबाट संक्रमित बनेकाहरुलाई उपचारबाट बञ्चित हुन नपरोस भनेर करिब २५ लाख लागतमा तीन वटा आइसीयू बेड हस्तान्तरण गरेको बताए ।


 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार