माघ ४ देखि मन्थलीमा ‘बागमती प्रदेश पुरुष भलिबल’ प्रतियोगिता
२४ पुस, रामेछाप । नेपाल खेलकुद महासङ्घ बागमती प्रदेश कमिटीले रामेछापको मन्थलीमा प्रदेश पुरुष भलिबल प्रतियोगिता गर्ने भएको छ ।
आउँदो माघ ४ गते देखि ७ गते सम्म मन्थली नगरपालिका वडा नं १ मा प्रदेश भरीका जिल्लाहरूबाट सहभागी गराउने गरी खेल आयोजना गर्न लागेको आयोजक नेपाल खेलकुद महासङ्घ प्रदेश कमिटीले जनाएको छ ।
रामेछाप सहित १३ जिल्लाबाट सहभागी हुने प्रतियोगितामा प्रथम हुनेले नगद २ लाख, द्वितीय हुनेले १ लाखको साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।
त्यस्तै तेस्रो हुने टिमले नगद ५० हजार र सान्त्वना हुनेले ३० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने भनिएको छ । प्रतियोगिता सञ्चालनको लागि आवश्यक काम समेत अगाडि बढेको आयोजकले जनाएको हो ।
१२ जिल्लाका खेलाडी मन्थली आउने भयसँगै केही समय यता सुस्ताएको यहाँका होटेल तथा बजारमा हौसला बढेको छ । ४ दिन सम्म हुने खेलमा सहभागी हुन खेलाडी आउने भएपछि केही दिन मन्थलीका व्यापारीलाई राहत मिल्ने भएको हो ।