कांग्रेस काठमाडौं-चिसापानी सम्पर्क समितिद्वरा स्वास्थ्य सामाग्री हस्तान्तरण

| जेठ ४, २०७८ मंगलबार

फोटो ॐम पुरीको फेस्बुकबाट साभार
A A A
A A A

०४ जेठ, रामेछाप । नेपाली कांग्रेस काठमाडौं-चिसापानी सम्पर्क समितिले स्वास्थ्य सामाग्री प्रदान गरेको छ । 

 

मंगलबार समितिले मन्थली नगरपालिका वडा नं ८ चिसापानीमा कोरोना संक्रमण भएर आइसोलेसनमा बसेकाहरुलाई वडास्थित स्वास्थ्य चौकी र आयुर्बेद्लयमा स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।

संक्रमण भएर बसेकाहरुको लागि हात धुनेसाबुन, औषधी हस्तान्तरण गरेको संक्रमण भएर होम तथा संस्थागत् आइसोलेसनमा बसेका बिरामिहरुको लागी तत्काल आवश्यक पर्ने औषधि, मास्क, हात धुनेसाबुन लगायतका सामग्री सहयोग गरेको नेपाली कांग्रेस इकाई सभापति ॐम पुरीले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

उनका अनुसार स्वास्थ्य कर्मीसहितको सोटोलीले संक्रमण भएर बसेका बिरामीहरुको स्वास्थ्य जाँच पनि गरेको छ ।
 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार