चिसापानीमा बन्दाबन्दीको मारमा परेकालाई खाद्यन्न र स्वास्थ्य सामाग्री प्रदान

| जेठ ४, २०७८ मंगलबार

A A A
A A A

०४ जेठ, रामेछाप । कोरोना भाइरस संक्रमणका कारण जारी बन्दाबन्दीको प्रभावका कारण समस्यामा परेका परिवारलाई राहात सामाग्री प्रदान गरेको छ । 

 


ह्युमन डेप्लप्मेट समूह (ग्रुप) ले मंगलबार कोरोना भाइरस संक्रमणबाट प्रभावित् परिवारलाई खाद्यन्न सहयोग गरेको समूहका संस्थापक अध्यक्ष बिकि श्रेष्ठले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

 

उनका अनुसार मन्थली नगरपालिका वडा नं ८ चिसापानीभित्रका वडा बासीहरुलाई राहात सामाग्री आवश्यता अनुसार प्रदान गर्ने योजना अनुरुप पहिलो पटक आज एक बोरा चामल, २ प्याकेट तेल, २ केजी चिनी, २ केजी दाल, साबुनलगाएतका सामाग्री प्रदान गरिएको हो । 

 


श्रेष्ठले भने 'हामीले आजदेखि अभिनाको रुपमा यो कार्य सुरुवात गरेका हौं, कोरोनाको चपेटामा परेकाहरुलाई हामी निरन्तर सहयोग गर्ने उदेश्यले अभियानको रुपमा हामीले यो कार्या गर्न लागेका हौं ।'

 


उनका अनुसार आर्थिक अभावमा परेका वडाभित्रका सबैलाई सहयोग प्रदान गरिने छ  ।  
 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार