सोनाम ल्होसारको अवसरमा सुनापतिमा तीन दिन बिदा

| माघ ६, २०७९ शुक्रबार

फाइल फोटो ।
A A A
A A A

६ माघ, रामेछाप । सोनाम ल्होसारको अवसरमा सुनापति गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने भएको छ । 

 

 गाउँपालिकाको गत पुस ३० गते बसेको गाउँ कार्यपालिका बैठकले ल्होसारको अवसरमा भोलि ७ गते शनिवारदेखि ९ गते आइतबार सम्म बिदा दिने निर्णय गरेको पालिकाले आज शुक्रवार एक सूचना जारी गर्दै जानकारी दिएको हो । 

 

 पालिकाका अध्यक्ष ठुलो कान्छा तामाङले जारी गरेको सूचनामा तीन दिन पालिका अन्तर्गतका कार्यालयहरू बन्द हुने उल्लेख गरिएको छ ।