केन्द्रदेखि सातै प्रदेशमा बालबालिकाको लागि 'आईसियू' सहितको 'वर्ड' तयार राख्न देउवाको सरकारलाई आग्रह

| जेठ ४, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

०४ जेठ, रामेछाप । कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारलाई  सातै प्रदेशमा बालबालिकाको लागि अस्पतालमा बेड्हरु तयार पार्न आग्रह गरेका छन् । 

 


मंगलबार सामाजिक संजालमा आफ्नो धारण राख्दै सभापति देउवाले केन्द्र र सातवटै प्रदेशमा वालवालिकाका लागि अस्पतालहरुमा विषेश वार्ड, आइसीयू लगायत स्वास्थ्य सामाग्री तयारी गर्न भनेका हुन् ।

 

कोरोना भाइरसको तेस्रो लहर केही महिनामै आउन सक्ने र त्यसले वालवालिकालाई असर गर्ने विज्ञहरुले बताइरहेको उल्लेख गर्दै देउवाले १२ वर्षमाथिका बालबालिकालाई खोप सुरु गर्ने पनि सरकारसंग माग गरेका छन् ।

 

उनले लेखेका छन्-कोरोना भाइरसको तेस्रो लहर पनि केही महिनामै आउन सक्ने र त्यसले वालवालिकालाई असर गर्ने विज्ञहरुले बताइरहेका छन्। म सरकारलाई केन्द्र र सातवटै प्रदेशमा वालवालिकाका लागि अस्पतालहरुमा विषेश वार्डरआइसीयू लगायतको तयारी र १२ वर्षमाथिकालाई खोप सुरु गर्ने विषयमा पनि प्रक्रिया अघि बढाउन अनुरोध गर्दछु।'