रामेछाप प्रहरीको विद्यार्थीसँग एक दिने सचेतना मूलक सम्पन्न

| माघ १४, २०७९ शनिबार

A A A
A A A

१४ माघ, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले विद्यार्थीहरुसंग एक दिने सचेतना मूलक कार्यक्रम सम्पन्न गरेको छ । 

 

शुक्रवार प्रमुख प्रहरी नायव उपरीक्षक होम बहादुर पराजुली र प्रहरी निरीक्षक रञ्जन गिरीले सहभागी सम्पूर्ण विद्यार्थी तथा शिक्षकहरूलाई नेपाल प्रहरीको बारेमा जानकारी गराउँदै अपराध के हो,  अपराधको सूचना, बालबालिकाको परिचय र कानुनी अधिकारको विषयमा जानकारी सहितको सचेतना मूलक कार्यक्रम गरेको सूचना अधिकारी राजु प्रसाद ढकालले जानकारी दिए । 

 

त्यस्तै कार्यक्रममा बालबालिका माथि हुने सम्भावित हिंसा र हिंसाबाट बच्ने उपायहरूका साथै सडक सुरक्षा, ट्राफिक सङ्केतहरू र सडक दुर्घटना न्यूनीकरणका सम्बन्धमा प्रशिक्षण दिएको जानकारी दिए ।

 

कार्यक्रममा जिल्लामा बढ्दै गइरहेको आत्महत्या जस्तो जघन्य सामाजिक अपराधका सम्बन्धमा जिल्लाको समग्र आत्महत्या सम्बन्धि तथ्याङ्क प्रस्तुत गर्दै आत्महत्याका सम्भावित कारणहरू, आत्महत्याका बारेमा सोच्नेको लक्षण, आत्महत्या रोकथामका उपायहरू र समग्र शिक्षक ,अभिभावक र विद्यार्थीको भूमिकाको सम्बन्धमा जिल्ला प्रहरी प्रमुख पराजुलीले प्रकाश पारेका हुन  । 

 

कार्यक्रममा मन्थली नगरपालिका वडा नं ७ स्थित श्री रुद्राक्षेश्वर मा.वि. भटौलिमा अध्ययनरत कक्षा ८,९,१०,११ र १२ कक्षाका छात्र छात्राहरूको सहभागिता रहेको थियो ।