जन्म दिनकाे अवसरमा अशक्तलाई सहयाेग

| माघ १८, २०७९ बुधबार

A A A
A A A

१८ माघ, रामेछाप । मन्थलीकाे सुनारपानीका एक युवाले जन्म दिनकाे अवसरमा असाहय पीडितलाई सहयोग गरेका छन् । 

 

 

बुधबार मन्थली नगरपालिका वडा नं ५ निवासी प्रेमबहादुर कार्की (अर्जुन) ले आफू २८ ओै वर्षमा प्रवेश गरेकाे अवसरमा साेही ठाउँका स्थानीय समेत रहेका लामो समयदेखि शारीरिक र मानसिक रुपमा कमजोरीका कारण थलिएर बसेका गुञ्ज बहादुर नेपालीलाई खाद्यान्न सामग्री  सहयोग गरेको कार्कीले रामेछाप टाइम्सलाई जानकारी दिए । 

उनले विभिन्न खाद्यान्नका सामाग्री दाल, चामल, नुन,तेल सहित तयारी जिन्सी पदार्थ दिएका हुन् ।

 

विगतका वर्ष देखि जन्म दिनकाे अवसरमा पीडितलाई सहयाेग गर्दै आएका नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका जिल्ला कमिटी सदस्य तथा पोल्ट्री व्यपसायी समेत रहेका कार्कीले आज ५ हजार बराबरको सहयाेग गरेकाे रामेछाप टाइम्सलाई जानकारी दिए ।