रामेछाप प्रहरी कार्यालयमा प्रदेश प्रहरीको अनुगमन

| माघ २१, २०७९ शनिबार

A A A
A A A

२१ माघ, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापमा माथिल्लो निकायबाट अनुगमन भएको छ । 

 

नेपाल प्रहरीको प्रदेश कार्यालय, बनेपा काभ्रेबाट प्रहरी नायब उपरीक्षक अर्जुन के.सी.नेतृत्वमा खटिएको ३ जना प्रहरीको टोलीले जिल्ला प्रहरी कार्यालय रामेछापको कार्यालयमा शुक्रवार अर्धवार्षिक अनुगमन गरेको रामेछाप प्रहरीले जनाएको छ । 

यस क्रममा जिल्ला प्रहरी कार्यालय रामेछापले सञ्चालन गरेको गत पुस मसान्त सम्मको अनुगमन तथा निरीक्षण भएको रामेछाप प्रहरीका सूचना अधिकारी राजु प्रसाद ढकालले जानकारी दिए । 

 

उनका अनुसार भेटमा प्रहरी उपरीक्षक के.सी‍‍.ले कार्यालयको समग्र अवस्था, विभिन्न मुद्दामा थुनामा रहेका, कैदीहरूको अवस्था, भेटघाट गरेका छन् । 

तस्बिर स्रोतः जिप्रका रामेछाप फेस्बुकपेज