सिन्धुलीले रामेछापमा आउने गाडीमा सिन्डिकेट लगायो भन्दा सिन्धुलीका अध्यक्ष भन्छन् ‘हामीलाई पनि सिन्डिकेट्नै छ, मिलेर पहल गरौँ’ (भिडिओसहित)
२१ माघ, रामेछाप । सिन्धुली उद्योग वाणिज्य सङ्घका अध्यक्ष अर्जुन श्रेष्ठले सिन्धुलीले रामेछापलाई सवारी आगमनमा अवरोध (सिन्डिकेट लगाएको भनेपछि) सिन्धुली नै पीडामा रहेको बताएका छन् । यसलाई खुलाउनको लागि रामेछाप र सिन्धुली एक भएर लाग्नु पर्नेमा उनको जोड् छ ।
शनिवार रामेछाप उद्योग वाणिज्य संघको साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले रामेछापका व्यवसायीले सिन्धुलीले रामेछापलाई सिन्डिकेट लगाएर पीडित बनायो भन्ने प्रश्नलाई सम्बोधन गर्दै भने ‘रामेछापलाई पीडित बनायो भन्नु भयो । तर, सिन्धुली पनि बत्ती मुनीको अँध्यारो हो । हामी पनि पीडित नै हौँ । भिमानबाट गाडी ७ बजेपछि यता कट्न दिँदैनन् । सिन्धुली बजार सम्म ल्याउन भनेर खोज्यौँ तर, त्यो हुन सकेको छैन । यसपछाडि के गाँठो छ, त्यो फुकाउन सकेका छैन सिन्धुलीले । हामी वडादेखि, सङ्घ, प्रधानमन्त्री सम्म पुग्यौँ तर, समाधान भएको छैन । रामेछाप र सिन्धुली मिलेर यो हाल गर्न लाग्नु पर्छ हामी साथमा छौँ ।’
७ बजे देखिनै भिमानमा गाडी रोक्दा सिन्धुलीका व्यवसायी यतिकै बस्नु पर्ने र यात्रु पनि असहजका साथ भिमानमा बस्नु पर्ने बाध्यता रहेको सुनाए । यसको समाधान गर्नको लागि अहिले निर्वाचित दुवै जिल्लाका जनप्रतिनिधि, मन्त्री, सांसदले भूमिका खेल्नु पर्नेमा जोड् दिए ।
रामेछापमै जन्म घर भएर सिन्धुलीलाई कर्म घर बनाएका अध्यक्ष श्रेष्ठले सिन्धुलीका व्यवसायीले दिउँसो व्यापार गर्न नपाएको उल्लेख गरे । दुई जिल्लाका व्यवसायीको पीडालाई मिलेर समाधान गर्न लाग्नु पर्ने र व्यापार प्रर्वद्धन गर्न जुट्नु पर्नेमा उनको जोड् छ।