मन्थलीमा होमस्टे तालिम संचलान हुँदै

| माघ २४, २०७९ मंगलबार

A A A
A A A

२४ माघ, रामेछाप । रामेछापको मन्थलीमा होमस्टे तालिम सञ्चालन हुने भएको छ । जिल्लामा संचलान रहेका दर्जनौँ होमस्टेहरू अव्यवस्थित रूपमा सञ्चालन भइरहेको अवस्थालाई अन्त्य गर्ने जोड् दिइने आयोजकको भनाई छ । 

 

युवा तथा खेलकुद मन्त्रालय प्रदेश युवा परिषद्, बागमती र जिल्ला युवा समिति, रामेछापको संयुक्त आयोजनामा कान्तिपुर प्राविधिक शिक्षालय भरतपुर चितवनले रामेछाप जिल्लामा ‘होमस्टे तालिम’ सञ्चालन गर्न लागेको जिल्ला युवा परिषद् रामेछापका अध्यक्ष तिलक थापा मगरले रामेछाप टाइम्सलाई बताए । 

 

उनले जिल्लामा संचालना रहेका विभिन्न स्थानीय तहका होमस्टेहरू व्यवस्थित रूपमा सञ्चालन नभइरहेको अवस्थालाई मध्यनजर गरेर तालिम सञ्चालन गर्न लागिएको हो । 

 

तालिममा सहभागी हुन आह्वान गर्दै उनले आउँदो २८ गते सम्म परिषद्को कार्यालय मन्थलीमा सम्पर्क राख्न सकिने समितिका कार्यालय कम्प्युटर सहायक स्वयंसेवक सफल दाहालले रामेछाप टाइम्सलाई बताए । 

 

विभिन्न चुनौतीका बिच तालिम सञ्चालन गर्न लागेको बताउँदै उनले तालिम सिटिभिटि स्तरको रहेकाले महत्पूर्ण तालिम रहेको स्पष्ट पारे । 

मिलन घिमिरे (बि क)
| पुस २०, २०८१ शनिबार