मन्थलीका ६६ वर्षीय पुरुषको कोरोनाबाट निधन, दोरम्बामा १४ जना संक्रमित थपिए

| जेठ ५, २०७८ बुधबार

फाइल फोटो
A A A
A A A

०५ जेठ, रामेछाप । कोरोना संक्रमणबाट आज रामेछापमा थप एक जनाको ज्यान गएको छ ।

 

बुधबार मन्थली १ का ६६ वर्षीय पुरुषको संक्रमणका कारण निधन भएको जिल्ला अस्पताल रामेछापले प्रेस विज्ञप्ति मार्फत जनाएको छ । योसंगै जिल्ला कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ पुगेको छ ।

 

 

लामो समय धुलिखेल अस्पतालमा उपचार गराएर डिस्चार्ज भएका उनलाई समस्या भएपछि मंगलबार तामाकोसी अस्पताल भर्ना भएका  उनको आज निधन भएको जिल्ला अस्पतालले विज्ञप्तिमा उल्लेख गरेको छ । 


त्यस्तै आज दोरम्बामा १४ जना संक्रमित थपिएका छन् ।

 

५२ जनाको स्वाब पठाइएकोमा १४ जनाको रिपोर्ट पोजेटिभ आएको हो । ११ जनाको पिसिआर र ३ जनाको एन्टिजेन्ट पद्धतिबाट गरिएको परिक्षणमा संक्रमित थपिएको विज्ञप्तिमा उल्लेख छ । 
विज्ञप्ति अनुसार २०४ जनाको रिपोर्ट आउन बाँकि छ । 

 


जिल्लामा आठ वटा स्थानीय तहमा गरि ३ सय ५८ जना संक्रिय संक्रमित रहेका छन् । भने हाल सम्म  १ सय ४५ जना निको भएर घर फर्किएका छन् । 
बुधबार सम्ममा ६० बेड्को क्वारेन्टिन् तयार पारिएको छ ।

 

त्यस्तै १४० बेड्को आइसोलेसन कक्ष तयार पारिएको विज्ञप्तिमा उल्लेख छ । 


आज १० जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् । भने ३५५ जना होम तथा संस्थागत् आइसोलेसनमा रहेका छन् ।

 

त्यस्तै तीन जना आइसियूमा उपचार गराई रहेका छन् । 

यस्तो छ विवरण हेर्नुहोस्

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार