नाबालकमाथि जबरजस्ती करणी गरी भागेका सुनापतिका थापामगर खाँडादेवीबाट पक्राउ

| माघ २९, २०७९ आइतबार

सांकेतिक तस्बिर ।
A A A
A A A

२९ माघ, रामेछाप । गत शुक्रवार नाबालिक माथि जबरजस्ती करणी गरेर फरार भएका सिमपानीका एक युवा पक्राउ परेका छन् । 

 

 

पक्राउ पर्नेमा सुनापति गाउँपालिका वडा नं २ सिमपानी बस्ने २६ वर्षीय चेतबहादुर मगर भनिने ‘रबिन’ रहेका छन् । उनले सोही ठाउँकी १४ वर्षीय नावालिकालाई शुक्रवार जबरजस्ती करणी गरी फरार भएका थिए । 

 

फरार रहेका ‘रबिन’ लाई खोजतलास गर्ने क्रममा शनिवार दिउँसो खाँडादेवी गाउँपालिका वडा नं १ खैरेनी पुल छेउमा लुकीछिपी भाग्दै गर्दा त्यहाँ स्थित प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

 

पक्राउ परेका थापामगरलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु भएको जिल्ला प्रहरीका सूचना अधिकारी राजु प्रसाद ढकालले जानकारी दिए ।